मंसिर १६, काठमाडौं। फिफा विश्वकप २०२२ मा महिला रेफ्रीले इतिहास रच्ने भएका छन्। विश्वकपअन्तर्गत भोलि राति समूह ‘ई’ मा कोस्टारिका र जर्मनीबीचको खेलमा तीन जना रेफ्री नै महिला हुनेछन्।
फिफा विश्वकपको पुरुषको स्पर्धा खेलाउने उनीहरु पहिलो महिला रेफ्री बन्नेछन्।
३८ वर्षीय फ्रेञ्च रेफ्री स्टेफिन फ्रापपार्ट मूख्य रेफ्रीको भूमिकामा हुनेछिन् भने सहायक रेफ्रीमा नेउजा ब्याक र कारेन डियाज हुनेछन्।
उनले फुटबल इतिहासमा पहिलो पटक पुरुष प्रतिस्पर्धा खेलाउन लागेकी भने होइनन्। यसअघि उनले फ्रेञ्च लिग वान र यूईएफए च्याम्पियन्स लिग खेलमा रेफ्री गर्ने पहिलो महिलाको इतिहास बनाएकी थिइन्।
पुरुष विश्वकप विश्वको सबैभन्दा महत्त्वपूर्ण खेलकुद प्रतियोगिता हो। म फ्रान्स र युरोपमा पहिलो रेफ्री थिएँ, त्यसैले मलाई यो कसरी सामना गर्ने भन्ने थाहा छ,’ उनले भनेकी छिन्।
विश्वकपअघि फिफा रेफ्री समितिका अध्यक्ष पियर्लुइगी कोलिनाले विश्वकपमा तीन महिला रेफ्रीहरूको बारेमा भनेका थिए,‘उनीहरू महिला भएकाले छनोट भएका होइनन्, उनीहरु फिफा रेफ्रीको रूपमा छानिएका हुन्। उनीहरू कुनै पनि खेललाई खेलाउन क्षमता राख्छन्।’
वैशाख ३० काठमाडौं । थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोट अन्तर्गत...
वैशाख २८ काठमाडौं ।दिक्तेल बजारमा आयोजना गरिएको ‘दोस्रो बृहत् खोटाङ-हलेसी खेलकुद,...
वैशाख २६ काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले विश्वकप खेल्ने लक्ष्यसहित आजदेखि �...
वैशाख २६ काठमाडौं । थाइल्याण्डमा शुक्रबारदेखि आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट सुरु...
वैशाख १९,काठमाडौं । काठमाडौंका सुमन घले र काठमाडौंकै सम्पदा सिवाकोटी तेस्रो बागमती प्रदेश...
वैशाख १८,काठमाडौं । सानिमा रिलायन्स लाइफले तेस्रो संस्करणको ‘सी स्ट्राइक्स–कर्पोरेट...
वैशाख १७,काठमाडौं । यही वैशाख १९ देखि हुने सातौँ स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप...
वैशाख १० काठमाडौं । संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा। रिया बोहरा सन् २०२५...
वैशाख ६ काठमाडौं । मकवानपुर जिल्ला फुटबल संघले महिला गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको...