Advertisement
Advertisement
Advertisement
Advertisement

फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

  |      16:43:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २१, काठमाडौं । शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिए। 

 

“परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन यस पटकदेखि हामीले ‘होम सेन्टर’ हटाएका हौँ” उनले भने, “परीक्षार्थीले जुन जिल्लाबाट फारम भरेका छन् सोही जिल्ला नभई अर्को जिल्लामा गई परीक्षा दिनुपर्ने छ ।” परीक्षा सञ्चालन गर्नुभन्दा अगाडि आयोगले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालीम दिनेछ । आयोगले असोज ११ गते मावि, १२ गते प्रावि र १३ गते निमावि तहको परीक्षा तोकेको छ ।

 

तीनै तहको परीक्षाको लागि करीब २२५ परीक्षा केन्द्र तोकिने भएको छ । उपसचिव आचार्यले २२५ परीक्षार्थी बराबर एक परीक्षा केन्द्र हुने बताए । एउटा परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र ११ निरीक्षक रहने छन् । परीक्षामा २० परीक्षार्थी बरावर एक निरीक्षकको व्यवस्था गरिएको उनले बताए । 

 

उपसचिव आचार्यले ७७ जिल्लाबाट फारम भर्ने व्यवस्था गरे पनि ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुने बताए । सुरक्षा तथा यातायातको सुविधा हेरेर ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुनेछ । आयोगले परीक्षाका लागि उत्तरपुस्तिका समेत पठाउन थालेको छ । आयोगका अनुसार अहिलेसम्म मध्यपश्चिम, पश्चिमाञ्चल र सुदूरपश्चिममा उत्तरपुस्तिका पठाइसकेको छ । 

 

आयोगले अबको एक हप्ता सबै परीक्षा हुने जिल्लामा उत्तरपुस्तिका पठाइसक्ने छ । कूल १२ हजार ७५६ पदका लागि दुई लाख ७७ जना परीक्षार्थी रहेका छन् । सबभन्दा बढी प्राविमा एक लाख ५८ हजार, निमावीमा ८१ हजार र माविमा ३८ हजार परीक्षार्थी रहेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement