Advertisement
Advertisement
Advertisement
Advertisement

फापरको फुलले पर्यटक लोभ्याउँदै मनाङ

  |      14:52:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र ७, मनाङ ।  प्राकृतिक सुन्दरताले ओतप्रोत भएको हिमाली जिल्ला मनाङमा स्थानीय बाली फापरको खेतीले थप आकर्षण थपेको छ । मनाङको मुख्य बालीका रुपमा रहेको फापर फुल्ने सिजन भएकाले यतिबेला मनाङ रङ्गीन देखिनाका साथै पर्यटकलाई समेत लोभ्याएको हो । 

 

बर्षेनी हजारौं पर्यटकको आगमन हुने जिल्ला मनाङका भिरालो तथा सम्म पाखाहरुमा लगाइएको फापर फुलेसँगै मनाङको प्रकृति रङ्गीन देखिएको छ । हिमाल, ताल दृश्यावलोकन तथा साहसिक यात्राका लागि आउने पर्यटकहरु यतिबेला फापर फुलको रङ्गमा रमाउन पाउँदा निकै भाग्यमानी सम्झन्छन् । 

 

पदमार्गको वरिपरि फुलेको फापरको फूलले पर्यटकहरुलाई थप रोमाञ्चक बनाईदिएको पर्यटन व्यवसायी बताउछन् । “पदयात्रा गर्न आउने पर्यटकहरु यतिबेला फापर हेरेर रमाउँछन्,” ङिस्याङ–१, पिसाङका याङडुङ गुरुङले भने । 

 

अन्नपूर्ण पदमार्गमा आएका पर्यटकहरु विश्व प्रसिद्ध थ्रोङला पास, गन्तव्य तिलिचोलगायत साहसिक भ्रमणका लागि मनाङ पुग्ने गर्दछन् । पर्यटन सिजन शुरु भएसँगै मनाङमा फुलेको फापरले पर्यटकहरुलाई थप आकर्षित बनाइदिएको छ । “हामी पदयात्राका लागि आएको हौँ,” क्यानडाकी चेल्सीले भनिन्, “हामीले मनाङमा हिमालको दृश्य कल्पना गरेका थियौं तर यहाँ फापरको रङ्गले हामीलाई लोभ्यायो ।” 

 

पछिल्लो समय मनाङमा बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकहरुको पनि उल्लेख्य वृद्धि हुन थालेको छ । आन्तरिक पर्यटक पनि मनाङको फापरको रङ्गले निकै रोमाञ्चक दृश्य देखिएको बताउँछन् । “फापरको फुलेपछि त यहाँ छुट्टै रमाइलो हुने रहेछ,” आन्तरिक पर्यटक कृष्ण तिमिल्सेनाले भने, “हिमाल, ताल, फापरको फूल र पदयात्राका लागि मनाङ साँच्चै सुन्दर रहेछ ।” 

 

पर्यटकले फापरको परिकार मात्रै नभएर फापर खेतीलाई पनि मन पराउने गरेका छन् । कूल खेतीयोग्य दुई हजार १५३ हेक्टर क्षेत्रफलमध्ये दुई हजार १७ हेक्टर क्षेत्रफलमा विभिन्न प्रकारका खेती भइरहेको कृषि कार्यालय मनाङले जनाएको छ । फूल फुलेर निकै आकर्षक बनेको फापर कात्तिकको अन्त्यतिर कटनी गरिन्छ । मनाङका स्थानीयवासी फापरको ढिँडो, रोटीलगायत धेरै प्रकारका परिकार बनाएर पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement