भाद्र २१, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको अध्यापनलाई प्राथमिकता दिइएको बताएकाछन् ।
पर्यटन व्यवसायी तथा शिक्षासेवी प्रजापति प्रसाईंको नाममा स्थापना गरिएको पिपी प्रसाईं फाउण्डेशनको आज आयोजित पुरस्कार वितरण कार्यक्रममा प्राविधिक शिक्षा अध्यापनमा सरकारी विद्यालयलाई प्राथमिकता दिएको बताएकाहुन् ।
उनले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक र प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्सँग धेरै अपेक्षा गरिएको बताउँदै प्राविधिक जनशक्ति पर्याप्त उत्पादन गर्न सके मात्र देश विकास हुने बताए । “सार्वजनिक शिक्षालाई व्यवस्थित गरिनपुर्छ,” मन्त्री पोखरेलले भने, “अबका विद्यार्थीले विद्यालय शिक्षा सकिँदा केही न केही सीप सिकेको हुनपर्छ ।”