Advertisement
Advertisement
Advertisement
Advertisement

प्रसूति केन्द्र नहुँदा घरमै सुत्केरीहुन बाध्य

  |      12:26:00   |  
वेब तस्विर
वेब तस्विर

असोज २, अछाम । कमलबजार नगरपालिका–३ बयालाकी ३० वर्षीया जमुना बिष्टले तीन सन्तानलाई घरमै जन्म दिइन् । उनको एक छोरी भारतमा जन्मिइन् भने पाँचौ सन्तानलाई उनले मङ्गलसेनस्थित जिल्ला अस्पताल पुगेर जन्माउनुप¥यो । 

 

गाउँको स्वास्थ्य संस्थामा प्रसूति केन्द्र नहुँदा उनीजस्तै बयालाका अधिकांश महिलालाई बच्चा जन्माउन कि त तीन÷चार घण्टा हिँडेर छिमेकी गाउँको स्वास्थ्यचौकी जानुपर्छ नभए रु. पाँचदेखि सात हजारमा जीप भाडामा लिएर मङ्गलसेन पुग्नुपर्ने बाध्यता छ । 

 

यहाँका महिला प्रसूति हुन स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने कुरामा जानकार छन्, तर नजिकै प्रसूतिगृह नहँुदा उनीहरूलाई घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ । बिष्टले भने, “नजिकै स्वास्थ्य संस्थामा प्रसूति सेवा भए त कति सजिलो हुन्थ्यो, सुत्केरी हुन टाढा जानुपर्दा हामीलाई निकै दुःख छ ।” यो समस्या समाधानका लागि कसैले पहल नगरेको उनको गुनासो छ ।

 

सुत्केरी व्यथा लागेर अप्ठ्यारो अवस्था आएको खण्डमा मात्रै बयालाका महिला छिमेकी गाउँका स्वास्थ्य संस्था, सदरमुकाम मङ्गलसेन र छिमेकी जिल्ला दैलेखको राकम बजार पुग्ने गरेको स्थानीय महिला स्वास्थ्यस्वयंसेवीका दुर्गा बिकले बताइन् । 


उनले भनिन्, “धेरैजसो महिलाले घरमै सुत्केरी हुने गरेका छन्, अधिकांशका श्रीमान घरमा हुँदैनन् । कतिलाई त स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै सुत्केरी हुनुपरेको छ ।” गाउँमा दुई वर्ष अघिदेखि बर्थिङ सेन्टर निर्माण शुरु भए पनि काम सम्पन्न नभएकाले महिलाले दुःख पाउनुपरेको उनको भनाइ छ । 

 

बयाला स्वास्थ्यचौकी इन्चार्ज प्रेम बिष्टले अब लामो समयदेखि आफूले कठिन समस्याका बाबजुद पनि सेवा दिइरहेको बताए । अब बन्न लागेको भवनले केही राहत हुने उनले आशा व्यक्त गरे । गाउँमा प्रभावकारी स्वास्थ्य सेवा नहुँदा र बर्थिङ सेन्टर नहुँदा स्थानीय सरोकारवालालाई पनि अप्ठ्यारो महसुस भएको छ । तर निर्माणाधीन रहेको स्वास्थ्यचौकी भवन दुई वर्ष भइसक्दा समेत निर्माण सकिएको छैन । अब जसरी पनि वडावासीलाई दशैँअगावै नयाँ भवनबाट स्वास्थ्य सेवा दिने गरी काम अगाडि बढाएको वडा नं ३ का कार्यवाहक वडाध्यक्ष हर्क भण्डारीले बताए ।

 

साविक ७५ गाविस रहेको अछाममा अहिले १० स्थानीय तह र ९१ वडा रहेका छन् । तर सुरक्षित प्रसूतिका लागि जिल्लाभर ६५ प्रसूतिकेन्द्र मात्रै सञ्चालनमा रहेको जिल्ला स्वास्थ्यको तथ्याङ्क छ । भूगोल, जनसङ्ख्या र बिकटताका कारण अझै कतिपय ठाउँमा प्रसूतिगृह नहँुदा सुत्केरी हुने महिला जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरीक्षक झपटराज ढुङ्गानाको भनाइ छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement