Advertisement
Advertisement
Advertisement
Advertisement

प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनको ओइरो

  |      12:28:00   |  
वेब तस्विर
वेब तस्विर

साउन २९, म्याग्दी ।  प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनको ओइरो लाग्ने गरेको छ । एक लाख २० हजारभन्दा बढी भक्तजनले पूजाअर्चना गरेका छन् । 

बेनी नगरपालिका–९ स्थित गलेश्वरधाममा भगवान शिवको विशेष पूजाअर्चना गरिन्छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार साउन महिनाको चार सोमबारका दिन भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो । साउनको अन्तिम सोमबार ३० हजारभन्दा बढी भक्तजनले गलेश्वरमा पूजा गरेको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए। 

“बर्सेनि भक्तजनको सङ्ख्या बढ्दै गएको छ,” उनले भने । शालीग्राम पाइने कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफल रहेको गलेश्वरधाममा पूजापाठ गर्न म्याग्दीसँगै बागलुङ, पर्वत, कास्कीलगायत जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

साउनको तेस्रो सोमबारसम्म रु.नौ लाख भेटी सङ्कलन भएको छ । गलेश्वर शिवालयको दर्शन तथा पूजापाठ गरेर १०८ शिवलिङ्गमा कालीगण्डकीको जल अर्पण गरेमा सुख, शान्ति, ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ ।

धार्मिक गन्थ्रमा गलेश्वरमा सतीदेवीको गला पतन भएको उल्लेख छ । कालीगण्डकी किनारमा चट्टानमाथि अवस्थित गलेश्वरको पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । विशेषगरी बिवाहित महिला पारिवारिक सुख तथा अबिबाहित महिला राम्रो बर पाइयोस भन्ने कामनासहित साउनको सोमबार शिवालयमा पुगेर पूजा गरी ब्रत बस्ने चलन छ ।

 गलेश्वर मन्दिरमा साउनको सोमबार, बाला चतुर्दशी र शिवरात्रीमा विशेष मेला लाग्छ । मुक्तिनाथको प्रवेशद्वारका रूपमा रहेको गलेश्वरमा भक्तजनबाट सङ्कलन हुने भेटीलाई शिवालय क्षेत्र विकास कोषले सार्वजनिक गर्दै आएको छ । सङ्कलन भएको भेटी गलेश्वरको पूर्वाधार निर्माण र सामाजिक कार्यमा खर्च गरिँदै आएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement