Advertisement
Advertisement
Advertisement
Advertisement

प्रविधि विस्तार गर्दै पर्यटक प्रहरी, सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य

  |      15:56:00   |  
वेब तस्विर
वेब तस्विर

साउन ३०, काठमाडौं ।  सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वले धनी नेपालमा सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रुपमा मनाउने निर्णय गरेअनुसार विदेशी पर्यटकलाई नेपालमा उचित वातावरण दिनुपर्ने माग पनि त्यत्तिकै उठेको छ । 

सन् २०१७ मा नौ लाख ४० हजार २१८ पर्यटक भित्रिएकोमा तीन वर्षमा दोब्बरभन्दा बढी पर्यटक भित्र्याउनुपर्ने चुनौती सरकारलाई रहेको छ । पछिल्लो समय पर्यटक प्रहरीले पर्यटकको सेवा प्रदान गर्ने उद्देश्यले पर्यटक सूचना व्यवस्थापन प्रणाली आइक्लाउड सर्भर जडान गरेको छ । पदयात्राका लागि लाङटाङ, अन्नपूर्ण, सगरमाथा, मनाङ, मुस्ताङलगायतका क्षेत्रमा जाने पर्यटकको सूचना सजिलै लिनका लागि उक्त प्रणाली जडान गरेको हो । 

विगतका समयमा बिना सूचना पदयात्रामा जाँदा दर्जनौँ पर्यटक हराउने तथा उद्धार ढिलाइ हुँदा मृत्युसमेत हुने गरेको भन्दै पर्यटन विभागको सक्रियता तथा नेपाल प्रहरी कम्युटर निर्देशनालयको समन्वयमा पर्यटक प्रहरीको निगरानीमा रहने गरी उपत्यका बाहिरका १२ स्थानमा पर्यटक सूचना व्यवस्थापन प्रणाली जडान गरिएको छ । 

पर्यटकका बारेमा उचित समयमा सही जानकारी लिन सोलुखुम्बुको लुक्ला, धनुषाको जानकी मन्दिर, पर्साको वीरगञ्ज, चितवनको सौराह, रसुवाको स्याफ्रुबेँशी, कास्कीको बिरेठाँटी, धम्पुस, घान्द्रुक, मुस्ताङको जोमसोम, मनाङको चामे, म्यादीको घोरेपानी र रुपन्देहीको लुम्बिनीमा उक्त प्रणाली जडान गरिएको छ ।

केही दिनमै सञ्चालनमा आउने प्रणालीका लागि पर्यटक प्रहरीले उपत्यका बाहिरका सबै इकाइका प्रमुखलाई तालीमसमेत प्रदान गरिसकेको छ । पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपका प्रमुख एवं प्रहरी निरीक्षक रुपा थापा पर्यटक सूचना व्यवस्थापन प्रणाली जडान भएसँगै पर्यटक प्रहरी भएको ठाउँबाट पदयात्राका लागि जाने, आउने पर्यटकको बारेमा तत्काल सूचना थाहा पाइने बताउँछन् । “सञ्चारको अभावका कारण कतिपय पर्यटक तत्काल सम्पर्कमा नआउँदा पनि कुन बाटो भएर पदयात्रामा गएको छ भन्ने अभिलेख पर्यटक प्रहरीसँग हुँदा सहज हुन्छ”,– उनी भन्छिन् । 

प्रणाली जडान भएसँगै कुन ट्रेकिङ कम्पनी, पथप्रर्दशक, समय, गएको स्थान, फर्केको स्थानलगायतका सम्पूर्ण सूचना थाहा हुनेछ । १२ स्थानमा दर्ता भएको पर्यटकको सम्पूर्ण विवरण भृकुटीमण्डपमा समेत बसेर हेर्ने मिल्ने हुँदा कामका लागि सहज हुने पर्यटक प्रहरी प्रमुख थापा बताउछिन् । 

विसं २०३५ माघ १२ देखि शुरु भएको पर्यटक प्रहरी हाल २२७ जनाको दरबन्दी रहेको छ । हाल उपत्यकाको नौ र उपत्यका बाहिर १५ स्थान गरी २४ स्थानबाट पर्यटक प्रहरीले पर्यटकलाई सेवा दिइरहेको छ । पर्यटक प्रहरी नेपाल प्रहरीको भए पनि उनीहरुको सेवा सुविधा भने पर्यटन विभागमार्फत हुँदै आएको छ । पर्यटक प्रहरी परिचालन निर्देशिका नहुनु, विभिन्न मुलुकको भाषाको ज्ञान नहुनु, पर्यटक प्रहरीलाई आवश्यक तालीम नहुनुलगायत पर्यटक प्रहरीभित्र समस्याका रुपमा रहेका छन् । 

पर्यटक प्रहरीले पर्यटकका लागि आवश्यक सूचना प्रवाह गर्ने, पर्यटकबाट आएका उजुरी निवेदन छानबिन र कारवाही गर्ने, इजाजत नभई पथप्रर्दशक कार्य गर्नेमाथि नियन्त्रण तथा कारवाही गर्ने, फौजदारी अपराध सम्बन्धमा सम्बन्धित दूतावासमा सम्पर्क राखी स्थानीय प्रहरीमार्फत कारवाही अगाडि बढाउने, होटल, ट्राभल, ट्रेकिङ, ¥याफ्टिङ एजेन्सीमा निरीक्षण गर्नेलगायतका काम गर्दै आएको छ । 

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे पर्यटक प्रहरीको आवश्यकतालाई हेरेर अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने बताउछन् । “नयाँ स्थानमा पर्यटक प्रहरी राख्नका लागि आएका मागलाई अध्ययन गरी नेपाल प्रहरीमा पठाउने र प्रहरीले सदर गरेपछि उक्त ठाउँमा पर्यटक प्रहरी खटाउने गरेका छौँ”, उनी भन्छन् । 

नेपालको पर्यटन विकासमा पर्यटक प्रहरीले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । महानिर्देशक घिमिरे मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने कुरामा विभाग गम्भीर भएर लागेको बताउछन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्र पर्यटक प्रहरीलाई समयानुसार सातै प्रदेशमा लैजाने बताउछन् । “पर्यटन विभागले आवश्यकता महसुस गरेर पर्यटक प्रहरी खटाउन आवश्यक ठाने हामी प्रहरी पठाउँछौँ”, – उनी भन्छन् । नेपाल प्रहरीमा ७२ हजारभन्दा बढी जनशक्ति रहे पनि पर्यटक प्रहरीका रुपमा २२७ जनालाई खटाउँदै आएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement