Advertisement
Advertisement
Advertisement
Advertisement

प्रभावकारी बन्दै सुनौलो हजार दिन

  |      11:57:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २१, कंचनपुर ।  कंचनपुरको भीमदत्त नगरपालिकामा सुनौलो हजार दिन कार्यक्रम सञ्चालनमा आएपछि मातृ र शिशु मृत्युदर घटाउन मद्दत पुगेको छ । 

 

आमा र शिशुको स्वास्थ्य सुधार गर्न सञ्चालित कार्यक्रमपछि दुवैको मृत्युदरमा निकै कमी आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलराम भट्टले बताए । चार पटक गर्भवती जाँच, आइरन चक्की तथा जुकाको औषधि खुवाउने र दुई वर्ष मुनिका बच्चालाई खोप लगाउने कार्य गरिँदै आएको छ । 

 

दुई वर्षअघिदेखि सञ्चालित कार्यक्रमको प्रभावकारिताका कारण गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी हुँदै आएका छन् । “आइरन चक्की र जुकाको औषधि सेवनले महिलामा रक्त अल्पताको समस्या हटेको छ” शाखा प्रमुख भट्टले भने । 

 

आमा र शिशुको स्वास्थ्य राम्रो राख्न कार्यक्रमले सघाउ पु¥याएको उनको भनाइ छ । स्तनपान गराउने महिलाको सङ्ख्या विगतको तुलनामा बढेको छ । दुई कुपोषण उपचार केन्द्रमार्फत २३ महिना मुनिका अति कुपोषित बालबालिकालाई औषधियुक्त खानाको माध्यमबाट उपचार गर्ने व्यवस्था गरिएको छ । औषधियुक्त खानाको माध्यमले कुपोषित बालबालिका स्वस्थ हुन थालेका छन् । 

 

वडावडामा स्वास्थ्य सेवा पु¥याउन नगरपालिकाले स्वास्थ्य इकाई स्थापना अगाडि बढाएको छ । गत वर्ष वडा नं २, ८, १२ र १८ मा स्वास्थ्य इकाई स्थापना गरेको नगरपालिकाले यस वर्ष वडा नं ३, ११, १३ र १५ मा स्थापना गर्ने बताइएको छ । 

 

प्रत्येक इकाईमा स्वास्थ्य सहायक एचए को व्यवस्था गरी उपचारात्मक तथा प्रर्वद्धनात्मक सेवा प्रदान गरिने योजना छ । नगरपालिकामा हाल छ नगर स्वास्थ्य केन्द्र, एक स्वास्थ्य चौकी र दुई बर्थिङ्ग सेन्टर सञ्चालनमा छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement