फागुन २१, पोर्चुगल । पोर्चुगलमा कार्यरत नेपाली महिलाहरुले पनि भव्यताकासाथ भगवान शिवजीको आरधनागरि महशिवरात्री पर्व मनाएका छन् । सो अवसरमा नेपाली महिलाहरु एक ठाउँ एकजुट भई शवजीको पूँजा अर्चना गर्नेदेखि लिएर धार्मिक कार्यक्रम समेत आयोजना गरिएको थियो । 
महशिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ ।