भाद्र २२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले आफ्नो पार्टीले महिलालाई विशेष अवसर दिएकोे बताएकाछन् ।
पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातन्त्र महिला सङ्गठनले आयोजना गरेको तीज विशेष कार्यक्रममा अध्यक्ष राणाले भने, “पार्टीले महिलालाई पुरुष सरह नै अगाडि ल्याउन खोजेको छ ।”
अध्यक्ष राणाले सङ्गठन बिस्तारमा महिलाको विशेष भूमिका रहेको उल्लेख गर्दै देशमा महिला तथा बालबालिकामाथि बढ्दै गएको बलात्कारका घटनाविरुद्ध पार्टीले सरकारलाई विशेषरुपमा घच्घच्याउने काम गरिरहेको बताए ।
पार्टीका उपाध्यक्ष आष्टमाया लामाले देशभरका महिलालाई एकै ठाउँमा भेला गर्न तीजले विशेष भूमिका निर्वाह गरेको धारणा व्यक्त गरे ।