असार २३, काठमाडौं । चर्चित कवि तथा गीतकार बसन्त चौधरीले स्रष्टाको नाममा स्थापित पुरस्कार उनकै परिवारमा समर्पण गरेका छन् । केही समयअघि चौधरीले रु. १ लाख रुपैयाँ राशिको 'नई इश्वरबल्लभ अवार्ड’ पाएका थिए । आफूले पाएको सो अवार्ड ईश्वरबल्लभको परिवारकै लागि समर्पण गरेका हुन् ।
थापाथलीस्थित स्वर्गीय कवि ईश्वर बल्लभको निवासमा पुगेर साहित्यकार चौधरीले बल्लभ परिवारजनलाई आफूले पाएको पुरस्कार राशिमा त्यति नै रकम थपेर प्रदान गरेका हुन् । चौधरीले ईश्वर बल्लभकी पत्नी कमला भट्टराईलाई भेटेर रु. २ लाखको चेक प्रदान गरेका थिए ।
चर्चित कवि तथा साहित्यिक पत्रकार ईश्वर बल्लभको निधन भएपछिका वर्षदेखि उनको नाममा नई प्रकाशनले पुरस्कार स्थापना गरी वितरण गर्न थालेको थियो । नेपालका कवि, साहित्यिक पत्रकार र नेपाली भाषा तथा साहित्यमा विशिष्ट योगदान गर्नेहरुलाई यस्तो अवार्ड प्रदान हुँदै आएको छ । नई प्रकाशन २०५२ सालमा स्थापना भएको थियो ।
नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईको समेत उपस्थितिमा चौधरी स्व. ईश्वर बल्लभकै घर पुगेर आफूले पाएको पुरस्कार राशिमा थपेर कवि परिवारलाई सहयोग प्रदान गरेका थिए । सो क्रममा स्व. कवि ईश्वर बल्लभले नेपाली कविता तथा साहित्यिक पत्रकारितामा पुर्याउनुभएको योगदानको समेत चर्चा गरिएको थियो।
स्व. कविकी पत्नी कमला भट्टराईले बसन्त चौधरीको कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् । नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले सरकार वा सरकारी निकायको कुनै सहयोगबिना एक्लो प्रयासमा नेपाली कविता र साहित्यलाई विश्वमाझ चिनाउने उद्देश्यले विश्व कविता यात्रा गर्ने बसन्त चौधरी देशकै एक्लो र पहिलो नेपाली कवि रहेका सो क्रममा बताए ।
उहाँको एक्लो प्रयासले संचालन गर्नुभएको विश्व काव्ययात्राका कारण नेपाली साहित्यको इज्जत विश्वमै माथि पुर्याउने काम भएको र नेपाली साहित्यको गरिमा समेत श्रीवृद्धि भएकोमा उहाँलाई सो अवार्ड दिइएको थियो।’ प्रसाईले भने–'उहाँले आफूले पाएको अवार्ड जसको नाममा स्थापना भएको उसकै परिवारलाई थप योगदानसहित समर्पण गर्ने अर्को राम्रो काम गर्नुभएको छ ।’
बसन्त चौधरी गीतकार, कवि, स्तम्भकार वा प्रबन्धकारको रुपमा नेपाली साहित्यको क्षेत्रमा परिचित नाम हो । उनका नेपाली भाषाका आधादर्जन बढी कविता संग्रह, अन्य विभिन्न भाषामा समेत कविता तथा गीति संग्रह प्रकाशित भइसकेका छन् । उनका हालसम्म आधा दर्जन बढी नेपाली भाषाका र दुईवटा हिन्दी भाषाका गीति एल्बम समेत प्रकाशन भइसकेका छन् । उनले दर्जनौं कृतिहरु प्रकाशनमा सहजीकरण र सहयोग गरिसकेका छन् । हालै उनले 'तिमीबिनाको म’ नामको नेपाली भाषाको कविता संग्रह र अनेक पल और मैं’ नामको हिन्दी कविता संग्रह प्रकाशन गरेका छन् ।
बसन्तकुमार चौधरी वैशाख १०, काठमाडौं । नर्भिकको तीसौं वर्ष प्रवेशको यो सुखद उपलक्ष्यमा आज...
चैत १४, काठमाडौं ।आजकाल कर्णालीका विकट गाउँहरूमा स्थानीय सरकारको उपस्थिति उनीहरूले प्रदान...
फागुन ९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै...
फागुन ७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन्...
फागुन २, काठमाडौं । आज (मंगलबार) फेब्रुअरी १४ भ्यालेन्टाइन डे । विश्वभर नै प्रेमिल जोडीहरु...
माघ २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला...
माघ २७, काठमाडौं । यो वर्षको ‘भ्यालेन्टाइन डे’(प्रणय दिवस)को दिन प्रेमिल कवि तथा गीतकारको...
माघ २५, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अ...
माघ २०, काठमाडौं । नेपाली चलचित्र ‘ह्यारी की प्यारी’ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा...