Advertisement
Advertisement
Advertisement
Advertisement

पानी पर्न थालेपछि त्रासमा

  |      16:48:00   |  
वेब तस्विर
वेब तस्विर

साउन ३१, भक्तपुर ।  “जब आकाश कालो भएर आउँछ, मन ढक्क फुल्छ, जब पानी पर्न थाल्छ, अनि मन त्रासले भरिन्छ”, मध्यपुरथिमि नगरपालिका राधे राधेकी वसुन्धरा थापा भन्छिन्। थापा मात्रै होइन यस क्षेत्रका वासिन्दामा पानी पर्न थालेपछि खोला पस्छ कि भन्ने त्रास उत्पन्न हुन्छ । 

 

मध्यपुरथिमि नगरपालिकाअन्र्तगत राधे राधे, कमेरोटार तल्लो क्षेत्र, शङ्खधरचोक र निकोसेरा, भक्तपुर नगरपालिकाको सल्लाघारी, हनुमानघाट क्षेत्र, बाराही क्षेत्र र सूर्यविनायक नगरपालिकाको कटुञ्जेको तल्लो क्षेत्र, दधिकोट, बालकोट क्षेत्रका बासिन्दा पानी पर्न थाले पछि डराउँन थाल्छन् । 

 

विगतमा दुई–चार वर्षको फरकमा आउने बाढी केही हदसम्म बस्तीमा पसे पनि धेरै नोक्सान गर्दैनथ्यो । तर हनुमन्ते खोलाले यस वर्ष भने बितण्डा मच्चाएर बस्तीमा पस्न थालेपछि त्रासमा बस्नु परेको भक्तपुर नगरपालिका बाराही स्थानका रामप्रसाद प्रजापति बताउन् । काभ्रेको नाला, टुकुचा, नगरकोट, सुडाल, ताथली, बागेश्वरी, भक्तपुरको ब्रम्हायणदेखि खस्याङखुसुङ खोलाको पानी हनुमन्तेमा मिसिएपछि यसले अझै विकराल रुप लिने गरेको छ । 

 

दुई वर्षअघि बिहान ९ बजे भक्तपुरमा घाम लागिरहँदा सोही नदीमा आएको बाढी राधे राधेको बस्तीमा पसेर यहाँका करीब सय घर र उद्योग कलखाना डुबाएको थियो । सो घटना स्मरण गर्दै मध्यपुरथिमिका राधे राधेका व्यवसायी राजेन्द्र देउजाले नाला, टुकुचा र ताथली नगरकोटमा ठूलो पानी पर्दा हनुमन्ते किनारा बस्तीका बासिन्दा डराउनुपर्ने अवस्था आउने गरेको बताए । यस वर्ष बाढी दुई पटक बस्तीमा पसेर नोक्सान पु¥याइसक्यो । एक महिनाअघि असार २७ र २८ गतेको अविरल वर्षापछि आएको बाढीले दर्जनौँ बस्ती मात्रै डुबाएन करोडौँको नोक्सान गराएर ग¥यो । 

 

सो नदी साँघुरिँदै गएपछि पानीको सहज निकास नपाउँदा हनुमन्ते उर्लिएर बस्तीमा पस्न थालेको हो । मानव अतिक्रमण, बस्तीको अव्यवस्थित विकास, भक्तपुर नगरपालिकाले बनाएको डम्पिङ साइड, ढल तथा मंगालहरुको मर्मतसम्भार नहुँदा निकास थुनिनु, राजकुलोहरु मासिनु, जग्गा प्लटिङ गर्नेको अतिक्रमण जस्ता कारणले हनुमन्ते साँघुरिएको स्थानीयवासीको भनाइ छ । 

 

सूर्यविनायक नगरपालिका–३ बालकोट नयाँ बस्तीका पूर्वसांसद केदार सञ्जेलले खोला साँघुरिएको परिणाम तीन नगरपालिकाका बासिन्दाले समस्या भोग्नु परेको बताउछन् । यसपटक हनुमन्ते बस्तीमा पस्दा पु¥याएको क्षतिले अहिले पनि स्थानीय बासिन्दा ठूलो पानी पर्ने बित्तिकै खोला बस्तीमा पस्ला भनेर सुरक्षित स्थानको खोजी गर्ने र सामानहरु सुरक्षित पार्ने प्रयासमा लाग्ने उनको भनाई छ । 

 

२०२१ सालको नापीअनुसार हनुमन्ते बग्दैन । खोला यसअघि नै भक्तपुरका विभिन्न ठाउँमा धार परिवर्तन गरेर बग्दा अहिले त्यसमाथि घर बनेका छन् । हनुमन्ते खेतबाट बग्न थालेको छ । खोलाको धेरै जग्गा व्यक्तिको नाममा ल्याएर १७ वर्षअघि नै किनबेच भएर घर बनिसकेको बताउँदै स्थानीय बासिन्दा अझै पनि अतिक्रमित जग्गाका कारण थप समस्या आएको गुनासो गर्छन् । 

 

मध्यपुर अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ हनुमन्ते बस्तीमा पस्न थालेपछि अस्पताल र यहाँको बस्ती जोखिममा परेको र समस्याको दीर्घकालीन समाधान खोज्ने बेला आइसकेको बताउए। सूर्यविनायक नगरपालिका–३ बालकोटमा टेलर सञ्चालन गर्दै आउनुभएका लक्ष्मीबहादुर श्रेष्ठ बाढीका कारण यहाँका व्यापारीले यस पटक करोडौँको नोक्सान व्यहोर्नु परेको बताउनुहुन्छ । उनी भन्छन्, “ बाढी बस्तीमा पस्दा मानिस घरबाहिर निस्कन सकेनन्, तल्लो तलामा बस्नेको बिजोग भयो, व्यापारीको करोडौँको नोक्सान भयो भने अहिले पानी पर्न थालेपछि त्रास बढ्छ ।” 

 

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले हनुमन्ते खोलालाई नगरपालिकाले फराकिलो पार्ने काम शुरु गरेको बताए । उनले भने, “तत्कालका लागि हनुमन्तेको डिलमा डोजर लगाएर खोला फराकिलो पार्ने काम गरयौं, अब दीर्घकालीन रुपमा समस्या समाधान गर्न हनुमन्ते करिडोर निर्माण हुदैछ ।, यसले समस्या समाधान गर्ने विश्वास लिएका छौं ।” सरकारले ७० करोडको लागतमा हनुमन्ते करिडोर निर्माण कार्य यस वर्षदेखि नै शुरु गरेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement