ईटहरी। लुटपाटमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी महिला ईटहररीबाट पक्राउ परेकी छिन् ।
पाकिस्तानको लाहोर घर बताउने २५ बर्षीया नाईला खालिदालाई लुटेको सामानसहित ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको हो ।
ईटहरीमा ब्युटी पार्लर ब्यवसाय गर्दै आएकी रिना खवासको घरमा लुटपाट गरेको आरोप खालिदामाथि लागेको छ ।
फेसियल गर्न भन्दै ईटहरीस्थित रसियन ब्युटी पार्लरमा पुगेकी खालिदाले खवासलाई साथी बनाएकी थिईन । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।