Advertisement
Advertisement
Advertisement
Advertisement

न्यायाधीश गिरीविरुद्ध महिलाले दिईन वैवाहिक बलात्कारको जाहेरी

  |      17:29:00   |  
न्यायाधीश गिरीविरुद्ध महिलाले दिईन वैवाहिक बलात्कारको जाहेरी

मंसिर २५, काठमाडौं। कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार समेतको जाहेरी परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मीनबहादुर घलेका अनुसार एक महिलाले न्यायाधीश गिरीले वैवाहिक बलात्कार र घरेलु हिंसा गरेको भन्दै जाहेरी दिएको बताए । उनले भने, ‘मङ्सिरको पहिलो साता एक महिलाले न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी दिनुभएको छ, हामी जाहेरीमाथि अनुसन्धान गरिरहेका छौँ । अनुसन्धान गरिसकेपछि तथ्य र प्रमाणबाट कसुर गरेको देखिएमा हामी जाहेरी दर्ता गरेर कानुनी प्रक्रियामा अगाडि बढ्छौँ ।’

बाँकेको नेपालगञ्ज स्थायी ठेगाना भएकी ती महिला र न्यायाधीश गिरीबीच २०७६ सालमा विवाह भएको पाइएको छ । पहिले जेठी श्रीमतीबाट चार सन्तानका पिता रहेका गिरी जेठी श्रीमतीसँग अलग भएपछि कान्छी श्रीमतीका रूपमा ती महिलासँग विवाह गरेका थिए । विवाहपछि दिपायल, कैलाली र काठमाडौँमा सँगै बसेका उनीहरुबीच सम्बन्धमा खटपट आउँदा पटकपटक सम्बन्ध विच्छेद तथा वैवाहिक बलात्कारको उजुरी पर्ने र फिर्ता लिने गरेको पाइएको छ । 

पछिल्लोपटक गिरी न्यायाधीश बनेपछि ती महिलाले गिरीविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी हुन् । तर प्रहरीले जाहेरी दर्ता नगरिदिएको भन्दै महिलाले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग, न्याय परिषद्, गृह मन्त्रालय लगायतको स्थानमा पनि गिरीविरुद्ध उजुरी दिएकी छिन् । 

महिलाले विभिन्न स्थानमा दिएको उजुरीमा गिरीले आफूलाई बन्धक बनाएर ५ वर्षसम्म यौन शोषण गरेको आरोप लगाएकी छिन् । आफूलाई ५ वर्षसम्म यौनदासीका रूपमा राखेको, सन्तान सुख नदिएको र घरेलु हिंसा गरेको उजुरीमा उल्लेख छ । 

महिलाको उजुरीपछि गिरी १५ दिने छुट्टी लिएर बसेका छन् । आफूमाथि लागेको आरोपमा कुनै सत्यता नरहेको र आफू ती आरोपहरूको प्रतिवाद गर्ने तयारीमा रहेको न्यायाधीश गिरीले रातोपाटीलाई बताए । 

गिरीले भने, ‘म माथि लगाइएको आरोप कपोलकल्पित र भ्रमपूर्ण हो । मलाई सिध्याउने नियतका साथ यो जाहेरी दिइएको छ । यसभन्दा अगाडि पनि धेरैपटक उनले यस्तै उजुरी र जाहेरी दिएर मलाई प्रताडित गराउने र ब्ल्याकमेल गर्ने काम गरिन् । नाताले उनी मेरी कान्छी श्रीमती हुन्, तर हरेकपटक ब्ल्याकमेल गर्ने र दुख दिने मात्रै काम गरिरहिन् । अब म पनि कानुनी उपचारकै खोजीमा छु ।’ यस विषयमा ती महिलासँग सम्पर्क गर्दा सुरुमा फोन उठाए पनि पछि उनले आफ्नो मोबाइलको स्वीच अफ गरिन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement