काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । यो अफर अन्तर्गतको सेवा आज ९२०७५ पुस २९ गते० देखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको छ । योभन्दा पहिले उपलब्ध अटम अफर अन्तर्गतका सेवाहरुमा केही थप सुविधा उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ ।
१.ह्याप्पी विकेण्ड प्याक
जीएसएमरसीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ ।
२.अलटाइम डाटा प्याक
जीएसएम प्रिपेडरपोष्टपेड तथा सीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । यस अन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराइने भएको छ ।
अल टाइम डाटा प्याकअन्तर्गत १० रुपैयाँ देखि ५ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत बोनससहित २३ एमबी देखि ४ हजार ५ सय एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिन सम्म हुनेछ ।
३.नाइटटाइम भोलुम बेस्ड डाटा प्याक
जीएसएम प्रिपेडरपोष्टपेड तथा सीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा नाइट टाइम भोलुम बेस्ड डाटा प्याक प्रयोग गर्न सकिन्छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ ।
थप बोनस समेत गरी नाइट टाइम भोलुम वेस्ड डाटा प्याक अन्तर्गत ५ रुपैयाँमा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिने छ । त्यसैगरी ७ दिनसम्मको अवधिमा ४५ रुपैयाँमा ६३८ एमबी डाटा र २८ दिनसम्मको अवधिको ७६८० एमबी डाटा तीन सय रुपैयाँमा प्रयोग गर्न सकिने छ । यो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।
४.अनलिमिटेड नाइट टाइम डाटा प्याक
जीएसएमरसीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएमरसीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । यसको अवधि डाटा खरिद गरेको एक दिनसम्म हुनेछ । त्यसैगरी ८५ रुपैयाँमा ७ दिनसम्म र २ सय ४० रुपैयाँमा २८ दिनसम्म अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । उपरोक्त सबै प्याकमा १ जीबी डाटासम्म थ्रिजीरफोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा अनलिमिटेड चल्ने छ ।
५. अलटाइम सोसियल मिडिया डाटा प्याक
अलटाइम सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस समेत गरी ५ रुपैयाँमा ३० एमबी डाटा १ दिन, २५ रुपैयाँमा १३५ एमबी डाटा ७ दिन र १०० रुपैयाँमा ६७५ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १५०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।
६. अलटाइम डाटा स्ट्रिमिङ प्याक
जीएसएम तथा सीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलका लागि अल टाइम स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब र वाउटाइम एप्स चलाउन सकिने छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस डाटा समेत गरी १० रुपैयाँमा १५० एमबी डाटा १ दिनका लागि, ४५ रुपैयाँमा ६०० एमबी डाटा ७ दिनका लागि र ११५ रुपैयाँमा १९५० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुने छ ।
७.अलटाइम फोरजी डाटा प्याक
अल टाइम जीएसएम फोरजी डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । यस अन्तर्गत १२ रुपैयाँ देखि ५ सय रुपैयाँ सम्मका बोनससहित ३८ एमबी देखि ४६०८ एमबी सम्मको प्याकेज उपलब्ध हुन्छ । यी प्याकेज १ दिन देखि २८ दिन सम्म उपयोग गर्न सकिन्छ ।
८.जीएसएमरसीडीएमए थ्रिजीरफोरजी एक जीबी प्रतिदिनको डाटा प्याकस्
जीएसएमरसीडीएमए थ्रिजीरफोरजी एक जीबी प्रति दिन डाटा प्याक अन्तर्गत ४५ रुपैयाँमा १ जीबी डाटा १ दिनका लागि, २५० रुपैयाँमा ७ जीबी डाटा ७ दिनका लागि र ८५० रुपैयाँमा २८ जीबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । यसमा प्रतिदिन २० मिनेट स्ट्रिमिङ प्याक बोनसको रुपमा प्राप्त हुनेछ ।
९. अलटाइम भ्वाइस प्याक
जीएसएम तथा सीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा भ्वाइस प्याक अन्तर्गत एक दिन देखि ६० दिन समयावधि सम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिने छ । यी प्याकेजहरु १० रुपैयाँ देखि ५५० रुपैयाँ सम्ममा खरिद गर्न सकिने छ । यसरी प्राप्त प्याकेजमार्फत गरिने कल नेपाल टेलिकमको नेटवर्कभित्रका लागि मात्र उपलब्ध हुनेछ ।
१०. नाइट टाइम भ्वाइस प्याक
जीएसएम तथा सीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ दिनसम्म असीमित अनलिमिटेड समय, २५ रुपैयाँमा ७ दिनसम्म २४० मिनेट र १०० रुपैयाँमा २८ दिनसम्म ११०० मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्क भित्र मात्र प्रयोग गर्न सकिने छ ।
११. सीयूजी प्याकेज
कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि सीयूजी ९कर्पोरेट युजर ग्रुप० प्याकेज उपलब्ध गराएको छ । जीएसएमरसीडीएमएका प्रिपेडरपोष्टपेड सबैमा यो सुविधा उपलब्ध हुनेछ ।
यस अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएमरसीडीएमएका प्रिपेड ग्राहकले २०० रुपैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्ने छन् ।
त्यसैगरी कम्पनीकै नेटवर्कमा जीएसएमरसीडीएमए पोष्टपेड प्रिपेडका ग्राहकले ४०० रुपैयाँमा १५० मिनेट भ्वाइस कल गर्न, ३०० एमबी डाटा चलाउन र ५० वटा एसएमएस पठाउन सक्ने छन् । यो वाहेक ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न, ८०० एमबी डाटा चलाउन र १०० वटा एसएमएस पठाउन सकिने छ । १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न, १५०० एमबी डाटा चलाउन र १५० वटा एसएमएस पठाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न, २१०० एमबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न, २७०० एमबी डाटा चलाउन र २५० वटा एसएमएस पठाउन सकिने छ।
१२. डे प्याक
डे प्याक अन्तर्गत ६ रुपैयाँमा भ्वाइस र डाटा चलाउन मिल्ने छुट्टाछुट्टै प्याकेज लिन सकिने छ । यस अन्तर्गत ६ रुपैयाँमा विहान ६ देखि बेलुकी ६ बजे सम्म ६० मिनेट कल गर्न वा ३६ एमबी डाटा चलाउन सकिने छ ।
१३. एसएमएस प्याक
जीएसएम प्रिपेडरपोष्टपेड तथा सीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा एसएमएस प्याक प्रयोग गर्न सकिने छ । यो प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाउने गरी २० वटा एसएमएस र थप २५ प्रतिशत बोनस एसएमएस समेत उपलब्ध गराइएको छ । यसरी १५ रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७० वटा एसएमएस र ६० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३०० वटा एसएमएस गर्न सकिने छ र यसमा पनि थप २५ प्रतिशत बोनस एसएमएस उपलब्ध गराइएको छ ।
१४. एफटीटीएच ब्यक्तिगत प्याकेज
नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । ब्यक्तिगत तर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । यी प्याकेज ८ सय देखि १८ हजार ४ सय रुपैयाँ सम्ममा खरिद गर्न सकिन्छ।
१५.एफटीटीएच कर्पोरेट युजर प्याकेज
नेपाल टेलिकमले एफटीटीएच ँत्त्ज् ९ँष्दभच त्य त्जभ ज्यmभ० अन्तर्गत कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था पनि गरेको छ । कर्पोरेट तर्फ १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज ३ महिनाका लागि १०,३०० रुपैयाँ, ६ महिनाका लागि १८,४०० रुपैयाँ र १ वर्षका लागि ३४,५०० रुपैयाँमा उपलब्ध गराइएको छ । त्यसैगरी २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज ३ महिनाका लागि १९,५०० रुपैयाँ, ६ महिनाका लागि ३६,८०० रुपैयाँ र १ वर्षका लागि ६९,००० रुपैयाँमा उपलब्ध गराइएको छ ।
१६ .एडीएसएल भोलुम बेस्ड प्याकेज
नेपाल टेलिकमले भोलुम बेस्ड एडीएसएल इन्टरनेट प्याकेज ५ एमबीपीएस सम्मको गतिमा १५ जीबी डाटा २०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ । त्यसैगरी ५ एमबीपीएस सम्मको गतिमा २५ जीबी डाटा ३०० रुपैयाँमा र ४० जीबी डाटा ४०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ ।
१७. एडीएसएल अन� २५ वटा एसएमएस पठाउन सक्ने छन् ।
त्यसैगरी कम्पनीकै नेटवर्कमा जीएसएमरसीडीएमए पोष्टपेड प्रिपेडका ग्राहकले ४०० रुपैयाँमा १५० मिनेट भ्वाइस कल गर्न, ३०० एमबी डाटा चलाउन र ५० वटा एसएमएस पठाउन सक्ने छन् । यो वाहेक ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न, ८०० एमबी डाटा चलाउन र १०० वटा एसएमएस पठाउन सकिने छ । १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न, १५०० एमबी डाटा चलाउन र १५० वटा एसएमएस पठाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न, २१०० एमबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न, २७०० एमबी डाटा चलाउन र २५० वटा एसएमएस पठाउन सकिने छ।
१८. एकघण्टा अनलिमिटेड प्याक
यस प्याक अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएमरसीडीएमएका ग्राहकले १८ रुपैयाँमा प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असिमित रुपमा प्रयोग गर्न सक्ने छन् ।
१९.विद्यार्थी अफर
यस अफर अन्तर्गतको सिम लिए पछि नयाँ सिममा उपलब्ध हुने ५० रुपैयाँ मध्ये कम्पनीकै नेटवर्कमा विद्यार्थीहरुले १० रुपैयाँ बराबर कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न वा यी सबै सेवा प्रयोग गर्न सक्ने छन । त्यसैगरी बाँकी ४० रुपैयाँमा ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । साथै बोनसको रुपमा कम्पनीकै नेटवर्कमा विद्यार्थीहरुले प्रति महिना ४० मिनेट भ्वाइस कल गर्न, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सक्ने छन । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ । प्रति महिना प्राप्त हुने उपरोक्त बोनस ६ महिनासम्म उपलब्ध हुनेछ ।
साथै विद्यार्थीहरुलाई ५० रुपैयाँको रिचार्जमा १० मिनेटको भ्वाइस र ५० एमबी डाटा बोनस उपलब्ध हुनेछ । यो सुविधा उपभोग गर्ने समयावधि ३ दिनको हुनेछ । रिचार्ज बोनस ५० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने उपरोक्त बोनस एक वर्षसम्म उपलब्ध गराइने छ ।
२०.इण्डिया कल अफर
नेपालबाट भारतमा कल गर्नका लागि सस्तो दरको प्याकेज लिन सकिने छ । यसका लागि कम्पनीले डेली प्याक, विक्ली प्याक र मन्थ्ली प्याक गरी तिन प्रकारको प्याक अफर ल्याएको छ । डेली प्याक अन्तर्गत ३५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने छ । सो प्याक १ दिनका लागि मात्र उपलब्ध हुनेछ । त्यसैगरी विक्ली प्याक अन्तर्गत १५० रुपैयाँमा ६५ मिनेट र मन्थ्ली प्याक अन्तर्गत ५०० रुपैयाँमा २१५ मिनेट कल गर्न सकिने छ । यी प्याक क्रमशः ७ दिन र एक महिनासम्म प्रयोग गर्न सकिने छ ।
२१ .मिस्डकल अलर्ट
यो सेवाबाट सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको बारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ । यो सेवा लिन मासिक ६ रुपैयाँ शुल्क लाग्ने छ । यो सुविधाको समयावधि ३० दिनको हुनेछ । यो सुविधा लिनका लागि ८ज्ञद्धण्ण्३ डायल गर्नु पर्छ ।
२२ . एफटीटीएचमा निःशुल्क भ्वाइस
एफटीटीएच सेवा लिने नयाँ तथा पुराना ग्राहकले ९० दिनसम्म कम्पनीकै नेटवर्कभित्र निःशुल्क भ्वाइस सेवा अर्थात सिप कल सेवा उपयोग गर्न सक्ने छन् ।
विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्ने छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
(माथि उल्लेख गरिएका सबै दरहरु करसहितका हुन् ।)