Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाल कानुन आयोगको संरचना र कार्यक्षेत्र परिमार्जन गर्न संशोधन विधेयक प्रतिनिधिसभामा

  |      12:24:00   |  
web image
web image
साउन ३१ ,काठमाडौं । नेपाल कानुन आयोग ऐन, २०६३ लाई समयानुकूल बनाउन सरकारले संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। कानुन आयोगलाई कानुन निर्माण तथा न्यायसम्बन्धी अध्ययन–अनुसन्धानको उत्कृष्ट संस्थाका रूपमा विकास गर्ने उद्देश्यसहित विधेयक अघि बढाइएको हो।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधिसभामा दर्ता गरेको विधेयकमा आयोगको संरचना, कार्यक्षेत्र तथा कार्यसम्पादन प्रक्रियामा परिमार्जन गर्ने प्रस्ताव गरिएको छ।
मन्त्रालयका अनुसार वर्तमान कानुनी व्यवस्थाले आयोगलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पर्याप्त आधार प्रदान गर्न नसकेकाले संशोधन आवश्यक भएको हो। त्यसैले आयोगबाट सम्पादन हुने कार्यलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउने लक्ष्यसहित विधेयक तयार गरिएको हो।
विधेयकमा आयोगको गठन, उपाध्यक्ष तथा सदस्यको नियुक्तिका लागि आवश्यक योग्यता, आयोगको काम, कर्तव्य र अधिकारलगायतका विषय समेटिएका छन्।
त्यस्तै, आयोगका पदाधिकारीबीच कार्यविभाजन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। विस्तृत अध्ययन र अनुसन्धानका आधारमा मन्त्रालयहरूले तयार गर्ने विधेयकको मस्यौदा कानुन आयोगबाट तयार गराउने विषयलाई पनि विधेयकमा समावेश गरिएको छ।
संशोधन विधेयकले प्रदेश र स्थानीय तहलाई समेत प्राथमिकतामा राखेको छ। प्रदेश तथा स्थानीय तहको अनुरोधका आधारमा आवश्यक कानुनको मस्यौदा तयार गर्न आयोगलाई अधिकार दिने प्रस्ताव गरिएको छ।
यसका साथै प्रदेश र स्थानीय तहका लागि आवश्यक नमूना कानुन तयार गर्ने जिम्मेवारी पनि आयोगलाई दिने व्यवस्था विधेयकमा समेटिएको छ।
सरकारले कानुन निर्माण प्रक्रियालाई थप व्यवस्थित, अनुसन्धानमा आधारित र प्रभावकारी बनाउन संशोधन विधेयक ल्याएको जनाएको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement