Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालमा उत्पादित हस्तकला सामग्री विदेश निर्यात

  |      15:56:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र १, काठमाडौं ।  आर्थिक वर्ष २०७४/७५ मा नेपालमा उत्पादित रु पाँच अर्ब २१ करोड २० लाख ३३ हजारको हस्तकला सामग्री विदेश निर्यात गरिएको छ ।

 

सबैभन्दा बढी हस्तकलाका सामग्री संयुक्त राज्य अमेरिकामा निर्यात भएको छ । तीस प्रतिशतभन्दा बढी नेपाली हस्तकलाका सामग्री अमेरिका निर्यात गरिएको छ । 

 

नेपाल हस्तकला महासङ्घका महानिर्देशक डा गोविन्दप्रसाद रेग्मी अमेरिकाबाट नेपाली हस्तकला सामग्रीको अत्यधिक माग आएको बताउछन् । “रेशाजन्य र धातुजन्य हस्तकला सामग्री बढी मात्रामा अमेरिका निर्यात हुने गरेको छ,” उनले भने । 

 

नेपालले हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दाबढी मुलुकमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ । 

 

सबैभन्दा बढी हस्तकलाका सामग्री ललितपुरमा उत्पादन हुन्छ । नेपालबाट हाल अल्लो, बाँसजन्य वस्तु, हाडका सामान, सेरामिक सामान, सुर्तीजन्य सामान, ढाका, सीसा, धुप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागजजन्य, रेसाजन्य, चाँदी, काष्ठकला र उलनजन्य सामान विदेश निर्यात हुँदै आएको छ ।

 

गत आवमा पश्मिना रु १८ करोड ५१ लाख सात हजार, उलन रु ४५ करोड ३९ लाख ३५ हजार, ऊनी फेल्ट रु एक अर्ब ५४ करोड ७८ हजार २२ हजार, सिल्क रु तीन करोड चार लाख ३९ हजार र कटन रु २१ करोड ६३ लाख १७ हजार, धातुका मूर्ती रु एक अर्ब ४६ करोड ५९ लाख २० हजार, हातेकागज रु ३९ करोड ३९ लाख नौ हजार, सिल्भर रु १७ करोड २२ लाख ७५ हजार, सिसा रु १६ करोड ७४ लाख ३९ हजार तथा अन्य धातुजन्य सामग्री रु १५ करोड ३४ लाख ९८ हजार बराबरको निर्यात भएको छ । धातूजन्य मूर्ती भारत र चीनमा बढी निर्यात हुन्छ । 

 

नेपालमा हस्तकलाका जिल्लागत १४ र वस्तुगत १० सङ्घ छन् । जिल्लागत सङ्घ बागलुङ, भक्तपुर, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, सङ्खुवासभा र भक्तपुरमा रहेका छन् । वस्तुगत सङ्घमा धातू, जुत्ता, सेरामिक्स, पश्मिना, कागजलगायत उद्योगहरु आवद्ध छन् ।

 

नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्यले फेल्ट, प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायत हस्तकलाका सामग्रीको विदेशमा अत्यधिक माग रहेको बताए । परम्परागत हस्तकलाका सामग्रीभन्दा नवोदित हस्तकलाका सामानको विदेशमा बढी माग छ । 

 

परम्परागत हस्तकलाका सामग्रीमा काष्ठकला, प्रस्तरकला, धातुकलालगायत रहेका छन् भने नवोदित नयाँमा फेल्ट, प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका मालालगायत रहेका छन् । आव २०७३/७४ मा रु चार अर्ब ८० करोड बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको थियो । हाल महासङ्घमा एक हजार ५०० व्यवसायी आबद्ध भएपनि २०० देखि ४०० व्यापारीले मात्र हस्तकलाका सामग्री नियमितरुपमा विदेश निर्यात गर्दै आएको बताइएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement