Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालका कवितामा श्रीमती र ड्राइभर

  |      22:51:00   |  
नेपालका कवितामा श्रीमती र ड्राइभर

►शर्मिला पाठक 
साउन १७, काठमाडौं । 
उनी नहुँदा कोठामा 
हावा पनि निसास्सिएर चल्छ 
एलइडीको उज्यालो पनि अँध्यारो अँध्यारो बल्छ 
ड्रेसिङ टेबुलको अडेसो लागेर 
ऐना उदासी लयमा मलाई हेर्छ 
माहुरीले रानोलाई झैँ 
उनको अनुपस्थितिले मलाई घेर्छ 
र कोठा फगत कोठामा खुम्चिन्छ 
श्रीमतीजी साथै हुँदा 
केही लेख्नुप¥यो भनेर म कलम लिएर बसेँ 
पछि उनी माइत गएपछि केही पनि लेखिँदैन 
त्यसो हो र, लेख्नै सकिँदैन । (श्रीमतीजी माइत गएपछि)

कवि गोविन्द नेपालले आज आफ्नी पत्नी माइत गएको वेदना पोखेर नारीशक्तिलाई छर्लङ्गै उजागर गरिदिनुभयो । स्रोताले पहिलो कवितामै वाहवाह गरेपछि यी पुराना कवि झन् झन् हौसिएर ‘सखी फर्कने दिन’ निकै फ¥याकफुरुक गरिरहे । सांस्कृतिक संस्थानले पाँच महिनादेखि गर्दै आएको एकल कविता वाचनअन्तर्गत आज पाँचौँ संस्करणमा नेपाललाई प्रस्तुत गरेको थियो । 

 

नेपालले ‘आगो’, ‘किस्ने, तिम्रो माया र बाडुली, दुकन्दार, कविता र उद्देश्य, शहर, साहिँलादाइ र लोकल बस, खोला र गीत, भेल, नदी र समुद्र तथा शब्द चित्रमा एक सूर्तीसेवी शीर्षकका कविता वाचन गरे । उहाँलाई किशोर पहाडी, श्रवण मुकारुङ, श्याम रिमाल, छविरमण सिलवाल, प्रोल्लास सिन्धुलीय, प्रकाश गफाडीले वाचनमा सहयोग गर्नुभएको थियो । उनका कवितामा नारीसँगको सहकार्य, श्रमको सम्मान, मानिसका वेदना, सहज जीवनयापन, जिन्दगीप्रतिको न्याय जस्ता विषय आएका थिए । पछिल्लो समय इन्टरनेटको दुरुपयोग र मोह जस्तो समयसापेक्ष विषय पनि कवितामा आएको छ जसमा स्टयाटस लाइक गरेकी पत्नीले आफ्नो निधारमा ठोकेको कुरालाई व्यङ्ग्यात्मक रुपमा उनले प्रस्तुत गरे । 
 

विसं २०२६ मा सिन्धुपाल्चोकमा जन्मनुभएका नेपाल हाल जोरपाटीमा बस्नुहुन्छ । उहाँका ‘अक्षर लेख्ने आँगनमा’ कवितासङ्ग्रह, ‘ढुङ्गाको मन’ गजलसङ्ग्रह र फुटकर रुपमा निबन्ध प्रकाशित छन् । 

 

वाचित कवितामाथि समीक्षा गर्ने क्रममा वासुदेव अधिकारीले नेपालका प्रत्येक कविता सामाजिक संवेदना र दिनदिनै भोगिएका विषय आएको बताउँदै कविको पाठकलाई पनि सँगसँगै लिएर जाने क्षमताको प्रशंसा गर्नुभयो । भाषा वैज्ञानिक प्रा डा माधवप्रसाद पोखरेलले साना साना विषयलाई कविता बनाउन सक्ने नेपालको खुबीको प्रशंसा गर्नुभयो । संस्थानका महाप्रबन्धक राजेश थापाले गत वैशाखदेखि महिनादेखि संस्थानमा एकल कविता वाचन, वाद्यवादन, गायन र कविता¬–नाटक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement