पुष २४, काठमाडौं । २४ पुस, काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलमा बिरोध प्रदर्शन भएको छ । आइतवार महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा उनीहरुले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यू महिलाहरु सुरक्षित हुने कहिले ? महिलाको बाँच्न पाउने अधिकार खोई, के महिला एकल हुनु पाप हो ? लगायतका प्लेकार्ड बोकेर सांकेतिक विरोध जनाएका थिए ।
बिरोध कार्यक्रममा बोल्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले प्रतिवद्धता जनाएको एक वर्ष बितिसक्दासमेत घटनामा संलग्नमाथि अनुसन्धान सुरु नगरेको भन्दै विरोध जनाए । डा. केसीले अपराधीहरुलाई राजनीतिक दलहरुले नै संरक्षण गरेको आरोप लगाए ।
‘अपराधीलाई कारबाही गर्ने ठाउँमा सांसद बनाउने भनेपछि अपराधीको स्थान कहाँ हो ? पार्टीमा हो कि जेलमा हो ? अपहरण गरेर मार्ने देखेका मान्छेहरुले भन्दाभन्दै टिकट दिएर सांसद बनाइन्छ भने त्यो भन्दा बढी राजनीतिको भ्रष्टिकरण र अपराधीकरण अरु के हुन्छ ? ’ उनले प्रश्न गरे ।
बाँकेकी निर्मला कुर्मी बेपत्ता पारेको घटनामा नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य निर्वाचित बादशाह कुर्मी आरोपित छन् । उनी ४ मंसिरको प्रदेशसभा चुनावमा लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । बिरोध प्रदर्शनमा महिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिवद्धताबाट बारम्बार पछि हटिरहेको बताइन् ।
‘सरकारले गरेको वाचा पूरा गरेको छैन । प्रतिवेदन बनायो, कार्यान्वयन भएन । दोस्रो चरणको आन्दोलन गर्दा अन्य अभियुक्तलाई समातियो तर मुख्य अभियुक्तलाई समातिएन । मुख्य अभियुक्तलाई सरकार र स्थानीय प्रहरीले नै समर्थन गरेको छ’ उनले भनिन् ।
वैशाख २३,काठमाडौं । मोरङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। केराबारी गाउँपालिका-९...
वैशाख १६ काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी...
वैशाख १५ काठमाडौं । स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं। पहिलो घटना...
३ वैशाख काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८...
चैत २६ काठमाडौं । दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई...
चैत २५ काठमाडौं । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस...
चैत २२ काठमाडौं । झापामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी ग...
चैत २२ काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको...
चैत २१ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक...