Advertisement
Advertisement
Advertisement
Advertisement

निर्मलाको बाबु यज्ञराज भन्छन् - 'मेरी छोरीको हत्या बम दिदीबहिनीकै षड्यन्त्रमा भयो'

  |      00:00:00   |  
वेब तस्विर
वेब तस्विर

भदौ ११, कञ्चनपुर । बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका-२ खोल्टी निवासी १३ वर्षीया निर्मला पन्तको हत्या भएको सोमबार एक महिना बितेको छ । 

प्रहरीले उक्त घटनामा संलग्न भन्दै भीमदत्तनगरपालिक-१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई गत साता सार्वजनिक गरेको छ तर पनि स्थानीय र मृतकका आफन्तले त्यसलाई इन्कार गर्दै आएका छन् । 

 

यही बीचमा निर्मलाका हत्यारालाई कारबाही माग गर्दै महेन्द्रनगरमा निस्किएको जुलुसमाथि प्रहरीले गोली चलाउँदा एक किशोर सन्नी खुनाले ज्यान गुमाउनु परेको छ । 

 

के भने निर्मलाका बाबुले ?

राष्ट्रिय मानव अधिकार परिषद्को टोलीलाई सोमबार निम्बुखेडास्थित घटनास्थल देखाइरहेको अवस्थामा भेटिएका निर्मलाका बुबा यज्ञराज पन्तले घटनाका दोषीलाई एक महीनासम्म कानूनी दायरामा ल्याउन नसक्नु प्रहरी प्रशासनको लाचारीपन भएको बताएका छन् । 

'घटनाका पीडकलाई कानूनी दायरामा ल्याएमात्रै निर्मलाको आत्माले शान्ति पाउनेछु, बुबा यज्ञराजले भने, 'हाँ अपराधी बचाउन धेरै षड्यन्त्र भइरहेका छन् ।'

 

उनले निर्मला गृहकार्य गर्न गएको रोशनी बमको घरलाई केन्द्र मानेर अनुसन्धान गर्न माग गरे । 'निर्मला र रोशनी एउटै कक्षामा पढ्ने साथी हुन्', उनले भने, 'निर्मलालाई फकाएर बम दिदीबहिनीले षड्यन्त्र रचेँ ।' निर्मलाको खोजीका लागि पुग्दा प्रहरीले बेवास्ता गरेको पनि उनले बताएका छन् । 

 

'समयमै खोजी गरिदिन आग्रह गर्दा प्रहरीबाट बेवास्ता भयो', उनले भने, 'न्याय नपाएसम्म लडिरहनेछु ।' गत साउन १० गते साथी बमको घरबाट घर फर्किरहेकी निर्मलाको साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । घटनापछि स्थानीय बासिन्दाले चरणबद्ध आन्दोलन थालेका थिए । 

 

सरकारले निर्मला काण्डबारे छानबिन गर्न उच्चस्तरीय टोली कञ्चनपुर पठाएको छ भने जिल्लामा स्थानीय प्रशासन र प्रहरीको नयाँ नेतृत्व पठाएर अनुसन्धान तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुँवेर कडायतले घटनाको शून्यबाट अनुसन्धान थालिएको बताए ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझालाई घटनाबारे अनुसन्धान अधिकृत तोकिएको छ । आन्दोलनले अशान्त बनेको भीमदत्तनगर अझै सामान्य अवस्थामा फर्किन सकेको छैन । 

 

बम दिदीबहिनीको म्याद थप 

यसैबीच घटनाबारे अनुसन्धानका लागि नियन्त्रणमा लिइएका रोशनी बम र बबिता बमलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरेको छ । 

म्याथ थप गरिएसँगै उनीहरुको बयान लिने र अन्य अनुसन्धानको काम सुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement