Advertisement
Advertisement
Advertisement
Advertisement

निर्मलाकी आमाले रगत दिएपछि बाबु आक्रोशित, ‘मलाई फसाउन खोज्छेस्?

  |      11:13:00   |  
वेब तस्विर
वेब तस्विर

विष्णुप्रसाद देवकोटा

पुष  २७, महेन्द्रनगर स् निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै  हो(होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएकी छन्। यही विषयमा परिवारमा विवाद उत्पन्न भएको छ।  रगतको नमुना मलाई नसोधेर किन दिएको भन्दै यज्ञराज पन्तले घरमै गएर उनलाई कुटपिटको प्रयास गरेका हुन्। धर्नास्थलबाट बिहान सिधै घर पुगेर रगतको नमुना किन दिएको भन्दै यज्ञराजले दुर्गादेवीलाई कुटपिटको प्रयास गरेका हुन्। ‘रगत किन दिइस्, मलाई फसाउन खोज्ने तँरु भन्दै कुटपिटको प्रयास भयो’ दुर्गादेवीले भनिन्, ‘रगत दिएको विषय र राहत बुझ्न खोजेको विषयलाई लिएर घरमै आएर विवाद गरे।’ राहत बुझेमा घरमै आत्महत्या गर्दिने भन्दै धम्कीसमेत दिएको दुर्गादेवीले बताईन्। 

 

भीमदत्त नगरपालिका २ उल्टाखाममा घरमा कान्छी श्रीमती लक्ष्मीसहित पुगेका यज्ञराजले दुर्गादेवीलाई कुटपिटको प्रयास गरेको प्रत्यक्षदर्शीले बताए। ‘रगत दिएको विषय र राहत बुझ्न लागेको विषय उठाएर मेरो घाँटी च्याप्न खोजे’ उनले भनिन्, ‘त्यसपछि फुत्केर बाहिर आएपछि कुटपिट गर्न पाएनन्।’  घरभित्र पसेर भाँडाकुडा बाहिर फाल्दिएको दुर्गादेवीले बताइन्। यज्ञराजले घरमै गएर जेठी श्रीमतीमाथि कुटपिटको प्रयास गरेको खबर पाएपछि कञ्चनपुर प्रहरीले सुरक्षाकर्मी पठाएको थियो। यज्ञराजले भने कुटपिटको प्रयास नगरेको दाबी गरे। ‘म घरमा सम्झाउन मात्रै गएको हुँ’, उनले भने, ‘मैले कुटेको छैन्।’

 

निर्मलाकी आमा दुर्गादेवीले भने ६ महिना बितिसक्दासमेत हत्यारा पत्ता नलागेको र न्यायकै लागि भौतारिरहँदा घरपरिवार सञ्चालनमा समस्या भएको भन्दै राहत लिएर केही काम गर्न खोजेको बताएकी छन्।  ‘अनुसन्धानमा सहयोग नै मिल्ला भनेर नै मैले रगत दिएकी हुँ’उनले भनिन्,‘मलाई मेरी छोरीका बलात्कारी र हत्यारा चाहिएका हुन्, जसरी हुन्छ न्याय मिलोस् भनेरै मैले रगतको नमुना दिएकी हुँ।’ निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाबको वैद्यता माथि नै प्रश्न उठेपछि केहीदिन अघि अधिकारकर्मीले निर्मलाका बुवाआमाको रगतको नमुना संकलन गरेर देखाउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समक्ष आग्रह गरेका थिए। दुर्गादेवीले छोरीको न्यायका लागि आफ्नो रगतको नमुना चाहिने भए दिन तयार रहेको बताउँदै आएकी थिइन्। स्वेच्छाले नै दुर्गादेवीले बुधबार रगत दिएकी थिइन्। ‘मैले श्रीमानसंग ३(४ दिनदेखि रगतको नमुनासँगै दिऔँ भनेकी हुँ’ उनले भनिन्,‘ अहिले आएर किन दिइस् नसोधी भनेर कुटपिटको प्रयास गरे।’  साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकैको उखुबारीमा शव भेटिएको थियो। उनको साउन १० गते नै बलात्कारपछि हत्या गरिएको थियो।

अन्नपर्ण खबरमा प्रकाशित
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement