Advertisement
Advertisement
Advertisement
Advertisement

निर्मला हत्या प्रकरणमा नयाँ मोड : छानबिन समिति सदस्यकै राजीनामा

  |      13:52:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २५, काठमाडौं ।  कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षीया निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय सरकारी समितिकै सदस्यले राजीनामा दिएका छन् ।

 

सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले छानबिन समितिबाट निर्मलालाई न्याय मिल्न नसक्ने जनाउँदै राजीनामा गरेका हुन् । 

 

उच्चस्तरिय छानबिन समितिको अनुसन्धानमाथि असन्तुष्टि जनाएका केसीले सोमबार लिखितरुपमा राजीनामा दिँदै आफू त्यस समितिमा नरहेको घोषणा गरेका हुन् । समितिबाट राजीनामा दिने क्रममा उनले सरकारी छानबिन समितिबाट निर्मलाले न्याय पाउनेमा आफु विश्वस्त नरहेको पनि जनाएका छन् । 

 

केसीले निर्मलालाई न्यायका लागि दबाब दिन आफूले समितिबाट राजीनामा दिएको पत्ररकार सम्मेलनमा बताए । केसीले राजीनामा पत्र हुलाकबाट सरकारलाई पठाएर समितिमा नरहेको जानकारी गराइएसकेको पनि पत्रकारहरुलाई बताए ।

 

सरकारले निर्मला हत्या प्रकरणको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा एउटा उच्चस्तरीय समिति बनाएको थियो ।

 

त्यस समितिले १५ दिनसम्म कञ्चनपुर बसेर अनुसन्धान गर्दा हत्याराको कुनै सुराक नै नभेटी काठमाडौं फर्किएको थियो। समिति संयोजक मैनालीले निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले गम्भीर लापरबाही गरेको मात्रै बताएका थिए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement