Advertisement
Advertisement
Advertisement
Advertisement

निजी क्षेत्रको लगानीमा तरकारी बजार

  |      16:32:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २४, चितवन ।  व्यवसायीले आफ्नै लगानीमा सुविधासम्पन्न फलफूल तथा तरकारी बजार स्थापना गरेका छन् । भरतपुर महानगरपालिकास्थित लायन्स चोकमा रहेको तरकारी तथा फलफूल थोक बजार हटाउने भएपछि व्यवसायी आफैँले बजार स्थापना गरेका हुन् । 

 

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा १६ वर्षका लागि तीन बिगाहा जग्गा भाडामा लिई व्यवसायीले आफ्नै लगानीमा रु. १६ करोड लगानी गरी तरकारी बजार स्थापना गरेका हुन् । सो बजारमा २१७ कक्ष रहेको छ । 

 

फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घको सक्रियतामा ७५ व्यवसायीले कृषि प्रवद्र्धन बजार विकास प्रालि निर्माण गरेर थोक तथा खुद्रा बजार स्थापना गरेका हुन् । प्रालिका प्रबन्ध निर्देशक थिरप्रसाद धितालका अनुसार बजारभित्र सडक कालोपत्रबाहेक अन्य काम सम्पन्न भएको छ । अगामी असोज १ गतेदेखि बजार सञ्चालनमा आउने छ । व्यावसायिक प्रयोजनका लागि २८, थोकका लागि १३७, खुद्रा व्यवसायका लागि ३८ तथा कृषकका लागि १४ सटर रहेका छन् । 

 

तरकारी बजारमा चिया खाजाका लागि दुई रेष्टुरेण्ट, शौचालय, पर्याप्त पार्किङ तथा खानेपानीको व्यवस्था छ । प्रालिका अध्यक्ष शालिग्राम घिमिरेले काठमाडौंको कालिमाटी बजारभन्दा व्यवस्थित बजार आफूहरूले निर्माण गरेको दाबी गरे । गत फागुनदेखि निर्माण थालिएको सो बजार छोटो अवधिमै सम्पन्न हुन लागेको छ । सो बजारमा चितवनसहित अन्य जिल्लाबाट तरकारी बिक्रीका लागि ल्याउने गरिएको छ । फलफूल तथा तरकारी व्यवसायी सङ्घका जिल्ला अध्यक्षसमेत रहनुभएका धितालका जुम्ला, मुस्ताङलगायत जिल्लाबाट स्याउ ल्याउने गरिएको छ । 

 

सो बजारबाट दैनिक ६० टन तरकारी खरिद बिक्री हुँदै आएको छ । सत्तरी प्रतिशत तरकारी बिक्रीका लागि काठमाडौंसहित, गोरखा, लम्जुङ, तनहुँ, मकवानपुर, धादिङ, कास्की, रुपन्देहीलगायतका जिल्ला लगिन्छ । सो तरकारी बजारमा दैनिक रु. एक करोडभन्दा बढीको कारोबार हुँदै आएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement