Advertisement
Advertisement
Advertisement
Advertisement

निको नहुने घाउ बन्यो छोराको हत्या

  |      22:05:00   |  
वेब तस्विर
वेब तस्विर

►रमेश गिरी 
साउन २८, भक्तपुर । कागेश्वरी मनोहरा नगरपालिका वीरेन्द्र चोकस्थित किरियापुत्री बस्ने घर । अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको बाबु गणेश र आमा चमेलीलगायतका आफन्त शोक मनाउँदै पीडामा बसिरहेका छन् । 

गणेश छोराको किरियामा बस्नुभएको छ । आमा चमेली घट्ना भएको दिनदेखि आजसम्म पनि सम्हालि सक्ने अवस्था छैन । शोकमा डुबेको परिवारलाई सान्त्वना दिन जानेहरुले निशानको घट्नाकाबारेमा सोधिरहँदा उहाँको घाउ झन बल्झिए जस्तै हुन्छ । 

 

जतिखेर पनि “मेरो बाबु, मेरो छोरा” भन्दै छोराको सम्झनामा रोइरहने चमेलीका लागि जीवनभर निको नहुने घाउ बन्यो छोराको अपहरण र हत्या । “आमा म एकछिन खेलेर आउँछु है भन्दै खेल्न गएको छोरा फर्कदैन भन्ने के थाहा थियो र ?, मेरो बाबु म कसरी बिर्सनु ।” उहाँको पीडा उत्तिकै झल्कन्छ । 

 

मलेशियाबाट फर्कनु भएका उहाँको श्रीमान् गणेश खड्काको अवस्था पनि उस्तै छ । सम्झाउन आउने र सान्त्वना दिन भेट्न आउनेसँग बोल्ने शब्द पनि छैन, उहाँहरुको । किरियामा बसेका गणेश छोराको विभत्स हत्याले सृजना गरेको मनको घाउ बिर्सन नसक्ने अवस्थामा पुगेको उनका परिवारले बताउँछन् । 

 

अपहरणकारीले अपहरण गरी हत्या गरेको आठ दिन बितिसक्दा पनि यो परिवारको अवस्था बुझ्न र सान्त्वना दिन कुनै सरकारी टोली अहिलेसम्म त्यहाँ पुगेको छैन । चमेली भन्नुहुन्छ, “आठ दिन भयो, सरकारी टोली कोही आएका छैनन्, मलाई त्यसको वास्ता पनि छैन, म केही बोल्नसक्ने अवस्थामा छैन ।” उहाँ छोराको सम्झनामा भक्कानिएर रुदाँ भेट्न आउनेहरुको आँखा पनि रसाउने गरेको छ । 

 

शोक र पीडाले उहाँको अवस्था कमजोर बन्दै गएको चमेलीका भाइ रामकाजी सापकोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घट्ना भएको दिनदेखि दिदीले आजसम्म खाना खानुभएको छैन, न त राम्ररी सुत्नु नै पाएको छ, कमजोर भइसक्नुभयोे, सम्झाउँदा, बुझाउँदा पनि आमाको मन न हो कसरी मान्थ्यो र ?” 
 

निशानका बाबु गणेशको मलेसियाबाट सिधैँ आर्यघाट पुगेर छोराको दाहसंस्कार गरेर आएपछि टोलाउने गरेको उहाँ बताउनुहुन्छ । छोराको शोकले बाबुलाई पनि निकै पिरोलेको छ, उहाँ भन्नुहुन्छ, “निशानका साना दुई दिदीको पीडा पनि उस्तै छ, सानो भाइ गुमाउँदाको पीडाले ती साना नानीहरुको आँखा पनि ओभाएको छैन, सापकोटा भन्नुहुन्छ ।” 

 

बुढेसकालमा पुग्नुभएका चमेलीका बुवा मीनबहादुर सापकोटाको अवस्था पनि उस्तै छ । नातीको सम्झनामा टोलाउने, बेलाबेलामा अरुलाई सम्झाउँदै आफू पनि रुने गर्दा पीडा सधैँका लागि निको नहुने घाउ बनेर बसेको उहाँ बताउनुहुन्छ । दिउँसो होस् वा राति बेला बेलामा चमेलीले मेरो छोरा भन्दै रुने गरेको बताउँदै चमेलीको परिवार, माइतीपरिवार र घरका परिवार तीनवटै ठाउँका आफन्त शोकमा डुबेको सापकोटा बताउनुहुन्छ । 

 

सरकारी टोली र सरकारले पीडितका बारेमा बेवास्ता गरेको आफन्तको गुनासो छ । चमेलीका भाइ रामकाजी सापकोटा भन्नुहुन्छ, “अहिलेसम्म कोही सरकारी टोली भेट्न आएका छैनन्, अवस्था बुझ्न पनि कोही आएका छैनन्, अब के गर्ने भन्नेबारेमा केही सल्लाह भएको छैन, १३ दिनको किरिया सकिएपछि यसबारेमा केही कुरा होला, अहिले त्यतातिर ध्यान दिएका छैनौ ।” 

 

जिल्ला प्रशासन कार्यालय काठमाडाँैका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले आंैपचारिक रुपमा पीडित बालकको परिवारलाई भेट्न नगए पनि अनौंपचारिक रुपमा सम्पर्कमा रहिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “घटनाप्रति सरकार दुःखी छ, सरकारको सहानुभूति पनि छ, उहाँहरु अहिले शोकमा हुनुहुन्छ, किरियामा हुनुहुन्छ, किरिया सकिएपछि भेटघाट होला ।” 

गत २० गते आइतबार काठमाडौँ महानगरपालिका– ३२ काँडाघारीबाट करीब ५ बजे खेल्न गएका निशानको अपहरण गरी हत्या गर्ने सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङ र नुवाकोट समरीका २४ वर्षीय अजय तामाङ सोही दिन प्रहरीको गोली लागेर मारिएका छन् । बालकको शव भने बुवा गणेश मलेशियाबाट फर्किएपछि २४ गते पुशपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । अपहरणकारी दुबैको शव पनि आफन्तले बुझेर दाहसंस्कार गरिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement