असोज २९ , काठमाडौं । चितवनको नारायणगढस्थित पशुपति मन्दिर नजिकै नारायणी नदीमा बगेर आमा र छोरा बेपत्ता भएका छन्।
बुधबार साँझ नदी किनारमा खुट्टा धुने क्रममा चितवनको खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर–१२ मुनालचोकमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रसिद्धलाई नदीले बगाएको हो।
घटनामा सिर्जनाकी ११ वर्षीया छोरी प्रसिद्धि पौडेलको भने प्रहरीले सकुशल उद्धार गरेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बेपत्ता आमा–छोराको खोजीका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनसहितको उद्धार टोली परिचालन गरिएको छ।
Share this with your friends: