Advertisement
Advertisement
Advertisement
Advertisement

नागरिकलाई घरदैलोमा पुगेर सेवा दिन प्रधानमन्त्रीको आह्वान

  |      11:25:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २२, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसौं शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेकाछन् ।

 

‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उनले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि शुभकामना व्यक्त गर्दै यो सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको उल्लेख गरेकाछन् । 

 

सरकार र जनताबीच सम्बन्ध सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राज्यका नीति तथा योजना, कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको जनाएकाछन् । 

 

“जननिर्वाचित संविधानसभाबाट संविधान निर्माण भई तीनवटै तहका निर्वाचन भइसकेको अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक संरचना पनि संस्थागत भइसकेको छ”, १५औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले भनेकाछन्, “त्यसैअनुरुपको प्रशासनिक संरचनाको स्वरुप निर्धारण भइसकेको र यतिखेर प्रशासनिक संरचनालाई संस्थागत गर्ने विधि र प्रक्रिया पनि अघि बढिरहेको छ ।”

 

नेपाली जनताको आकाङ्क्षा बमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दह्रो राजनीतिक इच्छाशक्ति भएको नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, नवप्रवद्र्धनात्मक, सिर्जनशील, प्रविधिमैत्री, सूचना प्रविधिको अधिकतम उपयोग गर्न सक्षम, कार्यकुशल र परिणाममुखी प्रशासन अपरिहार्य रहनेमा उनको जोड छ ।


 
“वर्तमान सरकार यही अवस्था सिर्जना गर्न प्रतिबद्ध हुँदै समृद्ध नेपाल, सुखी नेपालीको ध्येयका साथ काम गर्न अग्रसर छ । जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवा अहिले राष्ट्रको आवश्यकता हो । निष्ठा, लगनशीलता र इमान्दारीपूर्वक पेशागत जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने कर्मचारीतन्त्रले व्यक्तिगत स्वार्थभन्दा मुलुक र जनताको स्वार्थलाई महत्व दिने गर्दछ”, शुभकामना सन्देशमा भनिएको छ, “यस्तो निजामती प्रशासनबाट मात्र हामीले जनतालाई समृद्ध र सुखी बनाउने लक्ष्य हासिल गर्न सक्नेछौँ तसर्थ राष्ट्रसेवकको पहिलो अभिभारा राष्ट्रप्रति समर्पित र जनताको सेवामा कटिवद्ध रहँदै एक्काइसौं शताब्दीका नागरिकको अपेक्षाको सम्बोधन गर्न घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्नु नै हो ।” 

 

समयवद्ध, उपलब्ध स्रोत–साधनको पूर्ण सदुपयोग तथा मितव्ययिता र सबैले अनुभूत गर्न वा मापन गर्न सक्ने गरी उपलब्धि हासिल गर्ने क्षमता भएको प्रशासनिक प्रणाली स्थापित गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भनेकाछन्, “निजामती कर्मचारीसँग विशेषज्ञता, व्यावसायिकता, सूचनामा पहुँच, स्थायित्व र निरन्तरताका साथै कानूनी र प्रक्रियागत जानकारीको अपेक्षा गरिन्छ । त्यसैले स्वपनदर्शी राजनीतिक नेतृत्व र व्यावसायिक कौशल, विज्ञता र इमान्दारीले भरिपूर्ण कर्मचारी प्रशासन लोकतन्त्रको जग हो । नेपाली जनताले यस्तै जगमा खडा भएको आदर्श र समग्र लोकतन्त्रको परिकल्पना गरेका छन् ।

 

राजनीतिक नेतृत्वले अघि बढाएको रुपान्तरणको अभियानलाई अझ गति प्रदान गर्न रत्तिभर आलश्य नगर्ने, जिम्मेवारीवोध गर्ने र दोषारोपणको संस्कृतिभन्दा माथि उठेको निजामती प्रशासनले मात्र यो परिकल्पनालाई साकार पार्न सक्ने गरी काम गर्न पनि उनले आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement