Advertisement
Advertisement
Advertisement
Advertisement

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति अस्वस्थ भएकोले उपराष्ट्रपतिले गर्ने

  |      11:57:00   |  
नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति अस्वस्थ भएकोले उपराष्ट्रपतिले गर्ने

असोज २७, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएपछि शुक्रबार गण्डकी प्रदेशमा सुरु हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को तर्फबाट उपाध्यक्ष शिव कोइरालासहितको टोलीले भेटेर दिएको निम्तो उपराष्ट्रपति पुनले स्वीकार गरेका छन् ।

राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि प्रतियोगिताको उद्घाटन कसले गर्ने भन्नेमा अन्योल थियो । आयोजनास्थल गण्डकी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्नुपर्ने माग पनि भएको थियो ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकीका ८ जिल्लामा हुँदैछ । अधिकांश खेलहरु पोखरामै हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्ने भएपछि उद्घाटनमा उनीभन्दा उपल्लो वरियताको व्यक्तित्व ल्याउने अभ्यासअनुसार उपराष्ट्रपतिलाई निम्त्याइएको राखेप उपाध्यक्ष कोइरालाले बताए ।

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । पुरुष क्रिकेट प्रतियोगिता भदौमै सम्पन्न भइसकेको छ भने असोज २३ गतेदेखि केही खेलहरु सुरु भइसकेका छन् ।

नवौं खेलकुदमा ३९३ स्वर्ण, ३९३ रजत र ६०१ कांस्यका लागि सात प्रदेश, तीन विभागीय (त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस) तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिमको सहभागिता रहनेछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement