Advertisement
Advertisement
Advertisement
Advertisement

नर्सिङ शिक्षाप्रति युवती आकर्षण, रोजगारको चुनौती पनि बढ्दै

  |      21:23:00   |  
वेब तस्विर
वेब तस्विर

असोज १५, नेपालगञ्ज । नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ । 

नर्स उत्पादनको अनुपातमा रोजगारको अवसर न्यून हुँदै गएकोमा चिन्ता व्यक्त हुने गरेको छ । नर्स पढेका अधिकांश बेरोजगार भएर बस्न बाध्य भएका उदाहरण पनि छन् । रोजगारीका लागि धेरै अस्पताल र स्वास्थ्य संस्था चहार्नुपर्ने अवस्था धेरै नर्स पढेकाको अनुभव बन्न पुगेको छ । ‘नर्सिङ अध्ययन पूरा गरेको एकवर्ष पूरा भए पनि अध्ययन अनुसारको रोजगार पाउन सकेको छैन,” नेपालगञ्ज– १५ का सुष्मा थापा बताउनुहुन्छ ।

 

अहिले नयाँ प्रविधिसहितका थुप्रै नर्सिङ कलेज नेपालगञ्जमा खुलेका छन् । तथ्याङ्कअनुसार नेपालगञ्जमा सात नर्सिङ कलेज सञ्चालनमा छन् । सामान्यतया प्रत्येक वर्ष एउटा कलेजबाट ४० जनाभन्दा बढी नर्सको कोटा हुन्छ । “नेपाली समाजमा पहिला नर्सलाई हेपाहा दृष्टिकोणले हेरिन्थ्यो, अहिले त्यसो छैन,” नेपाल नर्सिङ सङ्घ, बाँकेका अध्यक्ष लक्ष्मी केसी भन्नुहुन्छ । यो पेशालाई अहिले निकै सम्मानपूर्वक हेर्ने गरिएको छ । “नर्सिङ विषय अब युवतीको प्राथमिकतामा पर्ने गरेको छ,” केसीले भन्नुभयो । 

 

नर्सिङ विषय अधिकांश युवतीको प्राथमिकतामा परेको छ । नर्सिङ पढेर समाज सेवा गर्ने चाहना छ,” विद्यार्थी सृष्टि शाहले भन्नुभयो । नेपालगञ्जका सात कलेजबाट वार्षिक करीब २५० नर्स उत्पादन हुन्छन् । उनीहरुको मुख्य चुनौती रोजगार हो । नेपालमा मात्र होइन विदेशमा समेत नर्सिङको माग अत्याधिक छ । “विदेशको मोहका कारण यो विषयप्रति युवतीको चाहना बढेको हो,” अध्यक्ष केसीले भन्नुभयो । 

 

नर्सिङ अध्ययनमा प्रयोगात्मक अभ्यास धेरै हुन्छ । “दक्ष नर्स बन्न अस्पतालमा प्रयोगात्मक कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । नेपालगञ्जमा अस्पतालको सङ्ख्या कम भएकोले चुनौती छ,” नेपालगञ्ज नर्सिङ क्याम्पसका प्रमुख कल्पना पौड्यालले भन्नुभयो । नर्सप्रतिको सामाजिक दृष्टिकोण फेरिएको मात्रै होइन अहिले त समाजले सम्मानजनक व्यवहार पनि गर्न थालेकाले पनि यो पेशाप्रति युवतीको मोह बढेको उहाँको भनाइ छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement