मंसिर १४, धरान । धनकुटा घर भई हाल धरान १३ मा डेरा गरि बस्ने ४२ वर्षकी उषा राइलाई धरानको एक आमा समूहले कुटपिट गरेपछि उनको मृत्यु भएको खुलेको छ।
सिलाई बुनाई गर्ने श्रमिक महिला उषालाई शंकाको भरमा जनजागरण आमा समुहबाट निर्घात कुटपिट गरेको आफन्तले जनाएका छन्। विपि अस्पतालमा भेन्टिलेटरमा राखिएकी उषाको मंगलबार २ः४० मा मृत्यु भएको प्रहरिले जनाएको छ ।
उषाको मृत्यु पछि मृतकका आफन्तले दिएको कर्तव्य ज्यान मुद्दा प्रहरीले दर्ता गरेको छ । उजुरी पश्चात पक्राउ गर्न जाँदा कुटपिट गर्नेहरु नभेटिएको र फरार रहेको धरानका डिएसपि बुद्ध श्रेष्ठले जानकारि दिए।
डिएसपि बुद्धले भने “ सामूहिक रुपमा कुटपिट गरेको भिडियो प्रमाणको रुपमा पाएका छौ। सबैले त कुटेनन् होला रु कस–कसले कुटपिट गरेको हो अनुसन्धान गर्छौ। कुटपिटको घटना एक महिना अघिको हो। मृतक उपचारत भईसके पछि मंगलबार मृत्यु भएको हो। कुटपिटले नै मृत्यु भएको भन्ने आफन्तको भनाई छ हामि अनुसन्धान गर्छौ। “ ,निर्दोष नफसोस अपराधि नभागोस डिएसपि बुद्धले भने ।
मृतककी छोरी स्मृति राईका अनुसार आफू घरमा नभएको मौका छोपी सामूहिक रुपमा कुटपिट गरेको बताएकी छिन्। मृतक उषा धरानमा ७२ सालदेखि डेरा भाडा गरि सिलाई बुनाईको काम गरी छोराछोरी पाल्दै आएकी थिईन्। उनका श्रीमानको समेत मृत्यु भईसकेको छ। उषाको समेत मृत्यु भएपछि उनका सन्तान अभिभावकविहिन बनेका छन्।