web image
साउन ३१ ,काठमाडौं । धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको एकडारा नगरपालिका–१ निवासी रविन्द्र महतोकी २३ वर्षीया पत्नी पुनिताकुमारी महतो रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पुनिता जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियास्थित आफ्ना भिनाजु सन्देश महतोको घरमा गएकी थिइन्। सोही क्रममा शनिबार बिहान करिब ११ बजे मोटरको स्विच थिच्दा उनलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएकी पुनितालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकले दिउँसो करिब १२ बजे उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
मृतकको शव हाल प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएको छ।
Share this with your friends: