Advertisement
Advertisement
Advertisement
Advertisement

दुई छात्रालाई यौन हिंसा गर्न प्रयास गरेको घटना माफी मागेर सामसुम पार्ने प्रयास

  |      10:24:00   |  
दुई छात्रालाई  यौन हिंसा गर्न प्रयास गरेको घटना माफी मागेर सामसुम पार्ने प्रयास

फागुन २२, काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–८ लिक्माको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक (प्रअ) धनिदत्त भट्टको फागुन २ गते जन्मदिन थियो। जन्मदिन मनाउन उनले एक छात्रालाई फोन गरे।

ती छात्राले एक्लै नजाने भनेपछि उनकी अर्की साथीलाई फोन गरी जन्मदिन मनाउन र घुम्न जाने प्रस्ताव राखे। दुई साथी भएपछि उनीहरू भट्टको जन्मदिन मनाउन जान राजी भए।

उनीहरू मसुरियादेखि पहलमानपुरसम्म सार्वजनिक गाडीमै पुगे। पहलमानपुरमा उनीहरूको भेट निमित्त प्रधानाध्यापक भट्ट र अर्का शिक्षक योगेन्द्र देउजासँग भयो। निमित्त प्रधानाध्यापक भट्टले त्यहाँबाट फेरि बाइकमा कर्णालीको चिसापानीसम्म जान प्रस्ताव राखे। आफ्नै विद्यालयको गुरूहरू देखेपछि सहजै स्वीकार गरेको छात्राहरूले विद्यालय व्यवस्थापन समितिलाई लेखेको निवेदनमा उल्लेख छ।

निवेदनमा उल्लेख भएअनुसार लम्कीको जंगलतिर पुगेर मोटरसाइकल रोकर देउजाले एकजना छात्रालाई तिम्रो र भट्ट सरको जोडी सुहाएको छु भन्दै हाँसे।

त्यसपछि उनीहरूले बाइक जंगल भित्र लगे। छात्राहरूले इन्कार गरेपछि उनीहरू चिसापानीतर्फ लागे। आफ्नो बाइकमा बसाएका किशोरीलाई भट्टले तिम्रो साथीको ब्वाइफ्रेन्ड छ कि नाइँ भनेर सोधे। जबाफमा उनले छैन भनिन्। तर भट्टले पत्याएनन्।
भट्टले ती किशोरीलाई तिम्रो साथीले कुर्ताभित्र के लगाएको छु भनेर समेत सोधेको निवेदनमा उल्लेख छ। यसको जबाफमा किशोरी केही बोलिनन्।

चिसापानी पुगेर भट्टलाई जन्मदिनको उपहार भन्दै हुडीु दिएको उनीहरूले निवेदनमा उल्लेख गरेका छन्। त्यसपछि दुई उनीहरूले चिसापानी पुलमा फोटो खिचे। फर्केर होटलमा नास्ता खाए।
खाजा खाएपछि किशोरीहरूले टीकापुर फर्किने भन्छन्। तर दुवै शिक्षकले फरक व्यवहार गर्दै साँझसम्म त्यही बस्ने कुरा गरे। अनि एकाएक मोबाइल अफ गर्न लगाएको उनीहरूले बताएका छन्।

साथीको घरमा यतै बस्छौं भनेर घरमा भन्न लगाएको र परीक्षामा पास गराइदिने प्रलोभन शिक्षकहरूले देखाए। किशोरीहरूले असुरक्षित महसुस गरेपछि होटलका एक कर्मचारीको सहयोगमा सुटुक्क बाहिर निस्किएको उनीहरूले बताए।

रात परिसकेकाले उनीहरूले गाडी पाएनन्। पैदलै एक किलोमिटर हिँडे। बीचमा कुखुरा बोक्ने गाडीलाई लम्कीसम्म पुर्‍याइदिन आग्रह गरे। त्यसबीच उनीहरूलाई भट्ट र देउजाले पटक पटक फोन गरेर सँगै जाऔं भनेर फकाए। तर उनीहरू मानेनन्।

शिक्षकको व्यवहारबाट झस्किएका किशोरीहरूले चिनजानका दाइलाई लम्कीमा लिन बोलाए र राति दस बजे घर पुगे। जन्मदिन मनाउने बहानामा आफूहरूमाथि भएको यौन हिंसाको प्रयासविरूद्ध उनीहरूले विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित इलाका प्रहरी कार्यालय मसुरियामा लिखित निवेदन दिए।

इलाका प्रहरी कार्यालय मसुरियाका वरिष्ठ नायब उपरीक्षक बमबहादुर खड्काका अनुसार किशोरीहरू सोही दिन ठाडो निवेदन दिन आएका थिए। तर, मसुरियामा मुद्दा चल्दैन थियो। उनले माथिल्लो अत्तरियाका डिएसपी गंगाबहादुर थापालाई यसबारे अवगत गराए। डिएसपी थापाले पनि सम्भव भए सोही दिन उजुरीका पठाइदिन खड्कालाई निर्देशन दिए।

तर रात परिसकेकालाई उनीहरू गएनन्। प्रहरीको सल्लाह बमोजिम फागुन ११ गते आफ्नी आमालाई लिएर किशोरीले इप्रका लम्कीमा उजुरी दिइन्। प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जाहेरी लिए।

सिंहका अनुसार अदालतमा मुद्दा दरपिठका लागि किशोरीको जन्ममिति लिएर आउन आग्रह गरियो। तर उनीहरू जन्मदर्ता लिएर आएनन्।

घटनाको तेस्रो दिन फेरि किशोरी, उनकी आमा, निमित्त प्रधानाध्यापक भट्ट र भट्टकी श्रीमती इप्रका लम्की पुगे। उनीहरूले त्यहाँ आपसमा कुरा मिलिसकेको र आन्तरिक विवाद भएको हुँदा आक्रोशमा आएर मुद्दा दायर गरेको बताए।

त्यसपछि हामीले मुद्दा स्थगित गरिदियौं, सिंहले भने।

निरीक्षक सिंहका अनुसार त्यसबीच प्रहरीले होटलमा पुगेर सिसीटिभी क्यामरा अध्यय गर्न मिसिल तयार पारेको थियो।

सिसीटिभीमा चिया खाएको मुचुल्का पनि तयार पारेका थियौं, सिंहले भने, उनीहरूले मिलिसक्यौं, मुद्दा अघि नबढाउनुस् भनेपछि हाम्रो केही लागेन। उनीहरू कसरी मिले भन्नेबारे थाहा भएन।

किशोरीले फागुन १० गते नै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेलाराम तेजालाई भट्टविरूद्ध लिखित जाहेरी दिएकी थिइन्। तेजाका अनुसार भट्टले झन्डै एक हजार बढी विद्यार्थीका अघि माइकमा बोलेर आफूले गल्ती गरेको भन्दै माफी मागेका थिए। स्रोतले त भट्टले आफूले यौन दुर्व्यवहार गरेको भन्दै ती छात्राको खुट्टामा ढोगेर माफी समेत मागेका बताएको छ।

भट्टले बालिकाको खुट्टामा ढोगेर माफी मागेको चाहिँ थाहा भएन,तेजाले भने, तर  सार्वजनिक रूपमा मैले गल्ती गरेँ भनेर माफी माग्नुभएको साँचो हो। अब फेरि यस्तो गल्ती दोहोरिँदैन भन्ने वाचा गरेको सुनेको हुँ।

भट्टले माफी मागपछि उनी दोषी ठहर भएकाले उनलाई पदबाट हटाएको तेजाले बताए।

भट्टले भने यौन हिंसा गर्न खोजेको आरोपको खण्डन गर्दै आफूमाथि राजनीति भएको दाबी गरे।

छात्रालाई नभएका कुरामा उचालेर, प्रशिक्षण दिएर, प्रयोग गरेर मविरूद्ध चौकीमा उजुरी गर्न लगाइयो, भट्टले भने, मेरो जन्मदिनमा म एक्लै थिइनँ। शिक्षक योगेन्द्र देउजा पनि हुनुहुन्थ्यो। हामीले सार्वजनिक ठाउँमा बसेर खाजा खाएका थियौं।

शिक्षक भट्टले यसअघि पनि आफूलाई गत असारमा अन्य व्यक्तिहरूले राजनीतिक खिचातानीका कारण मुद्दा दायर गरेको बताए। उनीविरूद्ध उच्च अदालतमा परमादेश माग गर्दै मुद्दा दायर भएको थियो।

तर अपहेलनाको मुद्दा लिएर गएपछि अदालतले न्याय दिएपछि निमित्त प्रधानाध्यापक हुन पाएको भट्टले भनाइ छ। अहिले पनि त्यही रिसइबी साँधेर आफूमाथि छात्रालाई उचालेर फसाउन खोजिएको उनले बताए। भट्ट नेकपा माओवादी निकट शिक्षक संगठनका जिल्ला उपाध्यक्ष हुन्।

तपाईंले गल्ती नगरेको भए किन सार्वजनिक रूपमा माफी माग्नुभयो भन्ने प्रश्नमा उनी केही बेर चुप बसे।

बच्चाले घुम्न जाऊ भन्दैमा घुम्न जानु गलत थियो भन्ने सोचेर सार्वजनिक रूपमा माफी मागेकै हो,उनले भने, हाम्रो कुरा मिलिसकेको छ।

यसो त ती छात्राले नै आफ्नो जन्मदिन मनाउन प्रस्ताव गरेको उनको दाबी छ।

ती छात्राले नै मेरो साथी शिक्षकलाई फोन गरेर आज सरको जन्मदिनमा कतै घुम्न जानुपर्छ, केक काट्नुपर्छ भनेर प्रस्ताव गरेका थिए, भट्टले भने, मेरो जन्मदिन मनाउन जानुपर्छ भनेर मैले प्रस्ताव गरेकै होइन।

विद्यालय व्यवस्थापनले जबर्जस्ती पदबाट हटाउने निर्णय लिएको उनको भनाइ छ। 

मेरो ठाउँमा तोकिएको अर्को शिक्षकले नियुक्ति पाएको छैन, नगरपालिकाबाट स्वीकृति नलिई उसले कसरी काम गर्छ, हेरौंला, उनले भने।

राति होटलमा आफूसँगै बसाउन खोजेको भन्ने आरोपमा समेत उनले भने, उनीहरूले फुपूको घर यतै हुँदा त्यही बस्छौं भनेका थिए। त्यही भएर होटलमा केही बेर ढिला बसेर उनीहरू फर्किएका हुन्, अन्यथा होइन।

छात्राका एक जना आफन्तले पनि भट्टले छात्राको घरमै गएर खुट्टा ढोगेको तथा विद्यालयममा पनि सार्वजनिक रूपमै गल्ती भएको भनी माफी मागेको बताए।

घटनाबारे मानव अधिकारकर्मीले फोनमार्फत बुझ्न खोज्नुभएको थियो, उनले भने, मैले थाहा पाएका सूचना उहाँहरूलाई पनि दिएको छु।

किशोरीका बुबाले भने आफू घरमा नभएकाले यसबारे प्रहरी चौकी र विद्यालय व्यवस्थापन समितिमा उजुरी दिएपछि मात्रै थाहा पाएको बताए।  

मैले त नानीलाई गाली गरेँ, उनले भने, अहिले हातहातमै फोन छ, कतै जाँदा भन्नु पर्दैन, त्यसरी त्यति टाढा किन गएको भनेर सोध्दा उसले विश्वासमा परेर गएको भन्ने जबाफ दिइन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement