Advertisement
Advertisement
Advertisement
Advertisement

दुई महिनामा १४५ जनामा स्क्रब टाइफस

  |      15:40:00   |  
वेब तस्विर
वेब तस्विर

असोज १, चितवन ।  जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको हो । 

 

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये चितवनका ५०, नवलपरासीका ३७, गोर्खाका २२ र अन्य जिल्लाका ३६ जना रहेका छन् । चितवनमा शहरी क्षेत्रका सङ्क्रमित बढिरहेको उनले बताए । 

 

गत आर्थिक वर्षको साउन र भदौमा जिल्लामा १८४ जनामा सो रोगको सङ्क्रमण भएको थियो । गत आवमा दुई हजार २३७ जनाको रगत परीक्षण गरिएकामा ४१० जनामा सङ्क्रमण भेटिएको थियो । आँखाले देख्न नसकिने मुसाको कानमा हुने ‘माइट’ नामक जीवाणुको टोकाइबाट यसको सङ्क्रमण हुने गर्दछ ।

 

 जिल्लामा नौ जनामा डेंगुको सङ्क्रमण भेटिएको छ । पाँच सय ६१ जनाको रगत परीक्षण गरिएकोमा सो सङ्ख्यामा डेंगु भेटिएको हो । केसीका अनुसार चितवनका चार, नवलपरासी र गोर्खाका दुई÷दुई तथा रुपन्देहीका एक जना सङ्क्रमित भएका छन् । डेंगुको सङ्क्रमण हुनेमा भरतपुर महानगरपालिकाका तीन र माडीका एक रहेको उनले बताए । 

 

गत आवमा जिल्लामा एक हजार ४५३ को रगत परीक्षण गरिएकामा ५९ जनामा डेंगुको सङ्क्रमण भेटिएको थियो । उनीहरुमध्ये ३३ चितवनका थिए । सो वर्ष भदौ मसान्तसम्ममा आठ जनामा डेंगु भेटिएको थियो । डेंगु रोग सङ्क्रमित ‘एडिस’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement