Advertisement
Advertisement
Advertisement
Advertisement

दुई महिला स्रष्टा सम्मानित

  |      19:13:00   |  
दुई महिला स्रष्टा सम्मानित

जेठ १७, काठमाडौं । नेपाली साहित्यको श्रीवृद्धिमा  योगदान गरेवापत दुई  नारी  स्रष्टालाई  आज सम्मान गरिएको  छ ।   नारी साहित्य प्रतिष्ठानले साहित्यकार माया ठकुरी र इल्या भट्टराईलाई जनही रु  १५ हजार  पाँच र सम्मानपत्रले सम्मान गरेको हो । ठकुरीलाई गोमा स्मृति सम्मान र भट्टराईलाई  गोमा स्मृति स्रष्टा  विशेष सम्मानबाट सम्मान गरिएको हो ।

सो अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले साहित्यका माध्यमबाट राष्ट्रलाई योगदान दिन साहित्यकारलाई आग्रह गर्दै नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई अङ्ग्रेजीमा अनुवाद गरेर नेपाली साहित्यलाई अन्तरराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रा डा लक्ष्मणप्रसाद गौतमले प्राज्ञ ठकुरीको पाँच दशकको कथायात्राबाट नयाँ पुस्ताले धेरै ज्ञान हासिल गर्न सक्ने बताउनुभयो । “एउटै विधामा लामो समय टिक्नु नै ठूलो कुरा हो”, उहाँले भन्नुभयो, “माया ठकुरीका कथाहरु समाजलाई सत्मार्गमा डो¥याउने खालका छन् ।” उहाँले भट्टराईका नियात्रा कृतिहरुमा यथार्थ रुप पाइएको बताउनुभयो । “नियात्रा र संस्मरण लेखकहरुले ढाँटेर लेख्ने गरेको पाइन्छ”,  उहाँले भन्नुभयो, “तर उहाँका कृतिमा मैले कतै पनि ढाँटछल भेटिन ।” 

नेपाल–प्रज्ञा प्रतिष्ठान, आख्यान विभाग प्रमुखसमेत ठकुरीले नारी प्रतिष्ठानले गरेको सम्मानले आफूलाई अभैm जिम्मेवार बनाएको र  अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास लिएको बताउनुभयो ।  साहित्यकार रामप्रसाद दाहालले नारी साहित्यको विकासका लागि राज्यले छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने बताउनुभयो ।  साहित्यकार भद्राकुमारी घलेले साहित्यका माध्यमबाट समाजमा जागरण ल्याउन आवश्यक रहेको औंँल्याउनुभयो । प्रतिष्ठानका अध्यक्ष गीता कार्कीले नारी साहित्यको विकास र सम्वद्र्धनका लागि संस्थाले रचनात्मक कार्य गर्दै आएको जानकारी दिनुभयो । 

रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement