Advertisement
Advertisement
Advertisement
Advertisement

दाइजोको निहुँमा हत्या आशंका

  |      11:26:00   |  
दाइजोको निहुँमा हत्या आशंका

►प्रदीपचन्द्र राई

पुष २५,भोजपुर । षडानन्द–१२ देउराली झ्याउँपोखरीकी २८ वर्षीया रीता श्रेष्ठको हत्या दाइजोको निहुँमा भएको आशंका प्रहरीले गरेको छ।प्रहरीले उनका श्रीमान् राजकुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको छ। दाइजो नल्याएको विषयमा यातना दिएको पाइएपछि हत्या आशंकामा राजकुमारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मृतकको शरीरमा नीलडाम र चोट देखिएका कारण घटना शंकास्पद रहेको भोजपुर प्रहरी प्रमुख डीएसपी केशवकुमार थेबेले बताए।

 

‘झुन्डिएको अवस्थामा शव फेला परेको हो तर नीलडाम र चोट देखिएपछि मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं’, उनले भने, ‘विगत हेर्दा हत्या गरेको हुन सक्ने देखिन्छ। उनका श्रीमान्को नियत सफा देखिँदैन।’ राजकुमारले नै श्रीमती झुन्डिएको भनेर प्रहरीलाई खबर गरेको जानकारी उनले दिए। विवाह भएदेखि नै दाइजोलाई लिएर परिवारका सदस्यले मानसिक र शारीरिक यातना दिने गरेको रीताका दाजु देवीले बताए। रीता आइतबार बिहान घरनजिकै सालको रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। हत्यापछि शव झुन्ड्याइएको दाबी माइती पक्षले गरेको छ। राजकुमारविरुद्ध माइती पक्षले सोमबार कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएको छ। जाहेरीका आधारमा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

 

रीता र राजकुमारबीच २०६४ मा मागी विवाह भएको थियो। ‘विवाह चलिरहँदा केटा पक्षले दाइजो नदिएको भनेर आक्रोश पोखेको थियो’, देवीले भने, ‘अहिले आएर हत्यासम्मकै घटना हुन पुगेको छ।’ घर पुगेकै दिन रीतालाई सासू गीता श्रेष्ठले गालीगलौज गरेको उनका भिनाजु गौरीप्रसाद श्रेष्ठले सुनाए। ‘जन्ती पक्षले विवाहमै भाँडभैलो मच्चाउन खोजेको थियो’, उनले भने, ‘जसोतसो अन्माएर पठाए पनि घरमा पुग्नासाथ सासूले पनि राम्रो व्यवहार गरिनछन्।’ उनका अनुसार सासू, श्रीमान्सहित परिवारका सदस्य मिलेर यातना दिँदै आएका थिए। माइत आएकी रीतालाई पु¥याउन जाँदा गीताले दाइजोको विषय निकालेर झगडा गरेको उनले बताए। गीताले फोन गरी दाइजो माग्न थालेपछि माइती र घर पक्षबीच बोलचाल नै बन्द भएको प्रहरी अनुसन्धानले देखाएको छ। श्रेष्ठ दम्पतीका ६ र ९ वर्षका दुई छोरा छन्।

 

घटनास्थलमा प्रहरीले विषादीका दुइटा बोतल फेला पारेको छ। एउटा खोलिएको र अर्को बिर्को बन्द भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। ‘पोस्टमार्टम रिपोर्ट आएपछि वास्तविकता पत्ता लगाउन सजिलो हुन्छ’, डीएसपी थेबेले भने, ‘भिसेरा परीक्षणका लागि पनि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएका छौं।’

अन्नपुर्ण खबरमा प्रकाशित


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement