Advertisement
Advertisement
Advertisement
Advertisement

दाइजोको निहुमा परिवारबाटै यातनापछि हत्या गरेको आरोप

  |      11:17:00   |  
वेब तस्विर
वेब तस्विर

क्रान्ति शाह

 पुष २५, वीरगन्ज । माधुरी वर्णवालको विहे भएको वर्ष दिन नबित्दै घरभित्रै झुन्डिएको अवस्थामा मृत भेटिएपछि उनका माइती पक्षले दाइजोको निहुमा हत्या गरेको आरोप लगाएका छन् । वीरगन्ज माइती भएकी २६ वर्षीया माधुरीका बावु, आमा र दाजुले उनको हत्या गरेको भन्दै उजुरी दिएका हुन् । माधुरीको गत वर्ष नेपालगन्जका व्यवसायी गोपीचन्द वर्णवालका छोरा मनिष वणवालसँग मागी बिहे भएको थियो । विहे भएको एक वर्ष नबित्दै गत मंगलबार नेपालगन्जस्थित आफ्नै घरको कोठामा पंखामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । वीरगन्जमा सोमबार पत्रकार सम्मेलन गरेर मृतक माधुरीका बुवा वेदप्रकाश वर्णवाल, आमा पुष्पा वर्णवाल र दाजु दिपेन्द्रले दाइजोको निहुँमा माधुरीको हत्या गरिएको आरोप लगाएका हुन् । मात्रुरीकै पति मनिष वर्णवाल, ससुरा गोपीचद्र वर्णवाल र सासू राजकुमारी देवी विरुद्ध उनीहरुले किटानी जाहेरी दिएका हुन् । माधुरीको शव पंखामा झुण्डिएको अवस्थामा फेला परे पनि मृत्युको कारण आत्महत्या नभएर हत्या नै भएको उनीहरुको जिकिर छ ।

 

बिहेपछि सुरुका दिनहरुमा सासू र ससुराले दाइजोको निहुमा माधुरीलाई निरन्तर यातना दिँदै आएको पनि माधुरीका बावु वेदप्रकाशको दावी छ । सोही कारण माधुरीको हत्या नै भएको उनले आरोप लगाएका हुन् । माधुरीका दाजु दिपेन्द्र भन्छन्, ‘माधुरीका पति मनिषको अर्कै महिलासँग अवैध सम्बन्ध रहेको पनि खुलेको छ । अर्कै महिलासँगको सम्बन्ध खुल्ने म्यासेज माधुरीले नै देखेकी थिइन् । त्यसपछि पनि मनिषले माधुरीलाई यातना दिँदैआएका थिए ।’ माधुरीलाई ससुरालका मान्छेहरुले महिनवारी भएर बिरामी अवस्थामा कुटपिट गरेर हत्या गरेको पत्रकार सम्मेलनकै क्रममा उनका परिवारका सदस्यहरुले दावी गरेका छन् । दिपेन्द्रका अनुसार हैसियत अनुसार दाइजो नदिएको भन्दै केही महिना यता माधुरीलाई मनिषको परिवारका सदस्यले दुव्र्यवहार र यातना दिँदैआएका थिए । मनिषले आफ्नो अवैध सम्बन्धको प्रमाण मेटाउन माधुरीको ल्यापटप र मोबाइल पनि फुटाइएको आरोप उनीहरुको छ । घटनाको अघिल्लो दिन सोमबार माधुरी स्वयंले आफूलाई टेलिफोन गरेर ढोका थुनेर कोठामा राखेको र खाना समेत नदिएको भन्दै रोएको माधुरीकी आमा पुष्पाले पत्रकार सम्मेलनमा बताइन् ।

 

प्रहरीमा जाहेरी:
नेपालगन्जको प्रहरीले जाहेरी लिन नमानेपछि निकै प्रयास गरेर जिल्ल प्रहरी कार्यालय बाँकेमा दिपेन्द्रले जाहेरी दिएको बताएका छन् । उनले माधुरीका पति मनिष, ससुरा गोपीचन्द र सासू राजकुमारी विरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका छन् । उजुरीपछि प्रहरीले पोष्टमार्टम गरेको थियो । माधुरीका माइती पक्ष भने ससुराल पक्षले रिपोर्टमा पनि प्रभाव पार्नसक्ने भन्दै गुनासो गरेका छन् । भेरी अस्पताल नजिकै औषधि पसले समेत रहेका माधुरीका ससुराल पक्षले त्यहाँका चिकित्सकलाई मिलाएको भन्दै दिपेन्द्रले गुनासो गरेका छन् । बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेलले भने पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र अदालतबाट म्याद लिएपछि आरोपितहरुलाई पक्राउ गरिने बताएका छन् ।

अन्नपुर्ण खबरमा प्रकाशित


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement