Advertisement
Advertisement
Advertisement
Advertisement

थामिएन बेपत्ता परिवारका आँशु

  |      12:36:00   |  
वेब तस्विर
वेब तस्विर

भदौ १५, सल्यान । कपुरकोट गाउँपालिका–७ की अमृता बोहरालाई बाबाले बजारबाट फर्किदा मिठाइ लिएर आउनुहुन्छ भनेर आमाले सम्झाएको अहिलेजस्तो लाग्छ । आठ वर्षकी उनले बाबालाई पछ्याउन खोज्दा म बेलुका फर्किहाल्छु आउँदा मिठाइ ल्याइदिन्छु छोरी भनेर सदरमुकाम हिँड्नु भएका बेदबहादुर बोहरा अहिलेसम्म फर्केर आउनुभएन । बुबाको त्यही बोली उनका लागि अन्तिम बन्यो । 


“विसं ०५८ पुस १८ गते सल्यानको सदरमुकाम जानुभएका अमृताका बुबालाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरी बेपत्ता बनायो, रुँदै अमृताले भन्नुभयो, मारेको भए मारिसक्यौँ भन्नुप¥यो जीवित हुनुहुन्छ भने भन्नुप¥यो किन हामीलाई यस्तो पीडा दिएको ?” 

 

यस्तै पीडा छ बागचौर नगरपालिका–१० पिपलनेटाका घमण्ड बुढाथोकीलाई । “छोरा बेपत्ता भएको १७ वर्ष बितिसक्दा पनि फर्केर आउँछ कि भन्ने आश अझै मरेको छैन । म पढेर आएपछि तपाईंहरूलाई राम्रोसँग पाल्छु भनेर पढ्न गएको पोखरसिंह कहिल्यै नफर्कने गरी गएको रहेछ”, रुँदै बुढाथोकीले भन्नुभयो । “विसं ०५८ मा सेनाले गिरफ्तार गरेर छोरालाई बेपत्ता बनायो गल्ती गरेको भए देशमा कानून थियो होला बेपत्ता नै बनाउने गरी सजाय दिने छोराको के गल्ती थियो रु सरकार किन जवाफ दिँदैन”, उहाँले भन्नुभयो । 

 

सिद्ध कुमाख गाउँपालिका–३ सिद्धेश्वरीकी डबली परियारको आँखामा आशु अहिलेसम्म सुकेको छ्रैन । जेनतेन छोराछोरीको छाक टारे पनि आफ्नै आँखा अगाडिबाट श्रीमान् डोटीरामलाई लगेर बेपत्ता पारेको सम्झिँदा अझै मन थाम्न सक्नुहुन्न । राजनीतिबारे कुनै चासो नभएको उहाँलाई आफ्नो श्रीमान्लाई किन बेपत्ता बनाएको हो भन्नेसम्म थाहा छैन । “मेरो श्रीमान्ले गाउँमा कसैको केही बिगारेनन्, खेतबारी जोतेर खाने परिवार हो किन लगेर बेपत्ता बनाए रु जीवित भए जीवित छ भन्नुप¥यो, मारेको भए लाश देखाउनुप¥यो”, डवलीले भन्नुभयो । 

 

यी त प्रतिनिधि मात्रै हुन् तत्कालीन सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिहरू अझै फर्केर भनेर आउँछन् कि भनेर परिवारले अझै आश गरेका छन् । अभिभावक गुमाएर टुहुरो बनेका परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । सदरमुकाममा हुने धेरै कार्यक्रममा उपस्थित भएर भकानिदै वेदना सुनाउने परिवारले शान्ति प्रक्रिया हुँदै सङ्घीय गणतन्त्र आइसक्दा पनि न सास पायौं न त लाश नै भनी गुनासो गरिरहन्छन् । 

 

बेपत्ता छानविन आयोग बनाइए पनि सन्तोषजनक काम नगरेको उनीहरूको गुनासो छ । बेपत्ता भएका ५९ जनाको छानविन आयोगमा उजुरी परे पनि अहिलेसम्म ३९ ले मात्र राहत बुझेको साविकको स्थानीय शान्ति समितिका सचिव विष्णु शर्माले जानकारी दिनुभयो । “जिल्लामा उजुरी परेको भनेर ५९ को उजुरी छानविन आयोगमा पठाइएको थियो २० जनाको सम्बन्धमा आवश्यक कागजात पूरा गर्न नसक्दा तत्कालीन शान्ति समितिमै थन्केर बसेका छन्” शर्माले भन्नुभयो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement