माघ २३ काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेटमा नेपालले नेदरल्यान्ड्ससामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १४५ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि पूजा महतोले नटआउट ६२ रन जोडिन् । मात्र ४३ बलमा चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेकी उनी त्रिवि त्रिकेट मैदानमा अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा अर्धशतक बनाउने पहिलो महिला खेलाडी बनिन् । उनले समग्रमा पाँच चौका प्रहार गरिन् । कविता जोशी ७ रनमा नटआउट रहिन् ।
क्याप्टेन इन्दु बर्माले ३९ र रुविना क्षेत्रीले २० रनको योगदान गरे । ७ रन जोड्दा २ विकेट गुमाएको स्थिति सम्हाल्दै इन्दु र पूजाले तेस्रो विकेटका लागि ७८ तथा पूजा र रुबिनाले चौथो विकेटका लागि ४० रनको साझोदारी गरे । पूजाले अन्तिम २ ओभरमा कवितासँग नटआउट २० रनको साझेदारी गरिन् ।
नेपाल यसअघि नै त्रिकोणात्मक सिरिजको उपाधि यात्राबाट बाहिरिसकेको छ । बुधबारको खेलमा नेपाल विजयी भए थाइल्यान्डले दुई खेल अगाडि नै उपाधि जित्नेछ । नेपालको हारले भने नेदरल्यान्ड्सको उपाधि यात्रा कायम राख्नेछ ।
चार खेलमा नेपाल अंकविहीन छ । डच टोलीको ४ अंक छ । अपराजित थाइल्यान्डको ८ अंक छ ।
वैशाख ३० काठमाडौं । थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोट अन्तर्गत...
वैशाख २८ काठमाडौं ।दिक्तेल बजारमा आयोजना गरिएको ‘दोस्रो बृहत् खोटाङ-हलेसी खेलकुद,...
वैशाख २६ काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले विश्वकप खेल्ने लक्ष्यसहित आजदेखि �...
वैशाख २६ काठमाडौं । थाइल्याण्डमा शुक्रबारदेखि आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट सुरु...
वैशाख १९,काठमाडौं । काठमाडौंका सुमन घले र काठमाडौंकै सम्पदा सिवाकोटी तेस्रो बागमती प्रदेश...
वैशाख १८,काठमाडौं । सानिमा रिलायन्स लाइफले तेस्रो संस्करणको ‘सी स्ट्राइक्स–कर्पोरेट...
वैशाख १७,काठमाडौं । यही वैशाख १९ देखि हुने सातौँ स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप...
वैशाख १० काठमाडौं । संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा। रिया बोहरा सन् २०२५...
वैशाख ६ काठमाडौं । मकवानपुर जिल्ला फुटबल संघले महिला गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको...