Advertisement
Advertisement
Advertisement
Advertisement

तुलसा बनिन् सफल उद्यमी

  |      14:29:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र १९, दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढामगर व्यावसायिक रुपमा च्याउखेती गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल भएकिछन् । डेढ दशकदेखि सो पेशा अङ्गालेकी उनले अहिले च्याउ उद्योग खोलेर चार जनालाई रोजगारी दिनुका साथै वार्षिक रु. सात लाख बचत गर्न सफल भएकिहुन् । 

 

शुरुका वर्षमा गङ्गामाला च्याउ समूह खोलेर च्याउखेतीको शुरुवात गरेकी उनले अहिले आफनै च्याउ प्रशोधन केन्द्रसमेत सञ्चालन गरेकी छन् । चौध वर्ष स्वयंसेविका भई सेवा गरेकी तुलसा जिल्ला भ्रमणमा गएको बेलामा चितवनमा गरेको च्याउखेती देखेपछि आफू यसतर्फ आकर्षित भएको बताउँछिन् ।

 

विसं २०६० मा आफूले पहिलोपटक गाउँका ११ जना महिलालाई आबद्ध गराएर गङ्गामाला च्याउ समूह गठन गरी गाउँमा एक कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको उनले सुनाईन् । तीन वर्षसम्म समूहबाट भएको आम्दानीले गाउँमा एक कठ्ठा जमीन किनेर महिलाले आफ्नै श्रमदान र लगानीले पक्की घर बनाएर अहिले समूहमा आवद्ध महिला त्यसमा च्याउखेती गरिरहेका छन् । 

 

उनले भनिन्, “अहिले भने आफूले आफ्नै च्याउ उद्योग तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएकी छु । जिल्लामा हुने प्रायः सबै ठाउँमा च्याउखेतीको बारेमा तालीम दिन प्रशिक्षक भएर जाने गरेकी छु ।” रुं तीन लाखबाट आफ्नो निजी च्याउ उद्योगको शुरुवात गरेको बताउने उनले अहिले झण्डै रु. एक करोड मूल्य बराबरको लगानी गरेर पक्की घर तथा च्याउखेतीको लागि आवश्यक सामग्री जोड्नसमेत सफल भएकीछन् । 

 

उनलाई उत्कृष्ट महिला उद्यमी भनि साना तथा मझौला उद्योगबाट निःशुल्क रुपमा च्याउ प्रशोधन मेसिनसमेत प्राप्त भएको छ । “शुरुशुरुमा गाउँघर, छरछिमेक तथा आफन्तले महिला भएर पनि कति दिनभरि बाहिर डुल्छे घरमा कहिलै नबस्ने भन्दै उनलाई नराम्रो दृष्टिकोणले कुरा काटेको सुन्दा उनको मन खिन्न हुन्थ्यो । ‘‘तर पनि ती कुरालाई कुनै महत्व दिइन” उनले भनिन् । 

 

मनमनै सोच्थे म पनि कुनै दिन मेहनत गरेर एक सक्षम महिला उद्यमी हुन्छु, आर्थिक रुपमा आफै आत्मनिर्भर हुन्छु विगतका दिनलाई स्मरण गर्दै उनी भन्छिन् । दुई सन्तानकी आमा र सामान्य लेखपढ गरेकी तुलसालाई उनका श्रीमानको साथ सहयोग भने सधैँ नै रहेको छ । 

 

तुलसाले जिल्ला तथा केन्द्रीयस्तरका पुरुस्कारसमेत प्राप्त गरिसकेकिछन्। यसपटक पनि उनलाई तुलसीपुर उपमहानगरपालिले केही दिन अगाडि उत्कृष्ट महिला उद्यमी भनि पुरस्कृत गरेको थियो । कृषि विकास कार्यालय दाङ, लघुउद्यम कार्यालय दाङले पनि उनलाई सहयोग गदै आएको छ । 

 

अहिले उनले उत्पादन गर्ने ताजा च्याउ, च्याउको अचार, सुकुटी दाङ तथा जिल्ला बाहिरका ठूलाठूला शहरमा जाने गरेको छ । तर उनको अबको चाहना आफूले उत्पादन गरेको सामग्री अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने रहेको छ । उनले बजारका लागि सबैसँग सहयोगको अपेक्षा समेत गरेकीछन् । 

 

अहिले उनले ताजा च्याउप्रति केजी रु. १८० देखि २०० सम्म, सुकुटी गराएको च्याउ प्रतिकेजी २५० देखि २८० सम्म र अचारप्रति केजी रु. ४०० देखि रु. ५०० मा बिक्री गदै आएकीछन् । 

 

सेवाग्राही उनको उद्योगमा च्याउ किन्न आफै जाने गरेका छन् । कडा परिश्रम पनि गर्न नपर्ने, स्वास्थ्यको दृष्टिकोणले पनि फाइदाजनक मानिने च्याउखेती यहाँ लोकप्रिय छ । उनी भन्छिन्, “धेरै महिला तथा पुरुष अहिले बेरोजगारी भए भन्दै विदेश जाने गर्छन् । आफनै गाउँठाउँमा थोरै लगानीमा यस्ता आयआर्जनमूलक व्यवसाय गरे यही आत्मनिर्भर हुन सकिन्छ ।” 

 

उनी भन्छिन्, “मेहनतका साथ काम गर्नेहो भने स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिन्छ ।” सँधै चुलो चौकामा मात्र सीमित रहने परम्परालाई तोड्दै उनले गरेको कामको सिको अरु महिलाले पनि गर्ने हो भने महिलाको आर्थिक सशक्तीकरणमा ठूलो टेवा पुग्दछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement