Advertisement
Advertisement
Advertisement
Advertisement

तीनमहिने दुधे बालक च्यापेर मनिषा घर्ती परीक्षामा

  |      13:51:00   |  
तीनमहिने दुधे बालक च्यापेर मनिषा घर्ती परीक्षामा

असोज १४, प्यूठान । तीनमहिने दुधे बालक काखीमा च्यापेर रोल्पा नगरपालिका– ८ जंककोटकी मनिषा घर्ती र उनका श्रीमान् आज शिक्षक सेवा आयोगको परीक्षामा सामेल हुनुभएको छ । 

उनी तीन महिनाकी कान्छी छोरी, चार वर्षकी जेठी छोरी र श्रीमान् रुद्रवीर पुनसहित शिक्षक सेवा आयोगको परीक्षामा सामेल हुन प्यूठान आएकी हुन् । मनिषा र रुद्रवीर नेपाल राष्ट्रिय आधारभूत विद्यालय रोल्पा जंकोटमा अध्यापन गराउँदै आएका छन् । मनिषाले प्राथमिक विद्यालय तह तृतीय श्रेणी स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोला केन्द्र तथा रुद्रवीरले माध्यमिक विद्यालय तह तृतीय श्रेणीमा महेन्द्र माध्यमिक विद्यालय खलङ्गा केन्द्रबाट परीक्षा दिएका छन् ।

 

उनीहरुसँगै परिवर्तन गाउँपालिका–३ वागमारा र रोल्पाका शिक्षिका सङ्गीता वली स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोला केन्द्रमा शिक्षक सेवा आयोगको परीक्षामा सामेल भएका थिए । प्यूठानका विभिन्न परीक्षा केन्द्रबाट दुई हजार ३६३ परीक्षार्थीमध्ये एक हजार ७७३ जनाले परीक्षा दिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख शिवराज पण्डितले जानकारी दिए । 

 

उनका अनुसार महेन्द्र नमूना माध्यामिक विद्यालय खलङ्गा केन्द्रबाट एक परीक्षार्थी निष्काशित भएका छन् । बाग्दुला, पुण्यखोला, खलङ्गा, रातामाटा र टारीका विद्यालय तथा क्याम्पस गरी ११ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । आयोगले असोज ११ गते माध्यमिक तह, १२ गते निम्न माध्यामिक तह तथा आज प्राथमिक तहको परीक्षा लिएको हो। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement