Advertisement
Advertisement
Advertisement
Advertisement

तीजले हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै

  |      11:37:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र ८, पोखरा ।  नेपाली नारीको महान चाड हरितालिका तीज भड्किलो भइ यसले हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै लगेको पाईएको छ । 

 

तीज आउनुपूर्व नै यसका नाममा एक डेढ महिना अघिदेखि महङ्गा होटल तथा रेष्टुराँमा भेला भइ भोज खाने प्रबृत्ति बढिरहेको छ । बीस प्रतिशत सम्पन्न व्यक्तिको यस्ता प्रबृत्तिले ८० प्रतिशत मध्यम एवं विपन्न वर्गलाई मनोवैज्ञानिक असर पार्नुका साथै भड्किलो बन्दै गएको नारी जागरण अभियानकी अभियन्ता एवं पोखरा महानगरपालिका–५ की वडासदस्य अञ्जु केसीले बताईन्। 

 

“एक डेढ महिनाअघिदेखि नै महङ्गा होटल तथा रेष्टुराँमा गएर तीजका नाममा भोज खाने प्रबृत्तिले यस पर्वप्रति नै नकारात्मक भावना बढाएको छ,” उनले भनिन् । धेरै मूल्य पर्ने गरगहना तथा लत्ताकपडा लगाउने र समाजमा आडम्वरपन देखाउने प्रबृत्तिले तीजको संस्कृतिलाई विकृत बनाइरहेको उनको भनाइ थियो ।

 

तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने चाड हो । महिला भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिन ब्रत बस्ने र पञ्चमीका दिन ऋषिपञ्चमीको पूजा पर्ने गरिन्छ । धार्मिक विश्वासअनुसार भगवान् शिवको सुस्वास्थ्यको कामना गर्दै माता पार्वतीले हरितालिका तीजको ब्रत बसेको धार्मिक विश्वासका आधारमा त्यसै बेलादेखि तीज पर्व मनाउँदै आएको पाइन्छ । 

 

तीजको आफ्नै मौलिकता रहे पनि आर्थिक आडम्बरका कारण यसको मौलिकताम समेत ह्रास हुँदै गएको राष्ट्रिय नारी साहित्य परिषद् नेपालकी जिल्लासदस्य अम्बिका भण्डारीले बताईन् । “धन प्रशस्त हुनेले तीजलाई भड्किलो बनाउँदा यसले विकृति त ल्याएको छ नै, तीजका मौलिक गीतसमेत हराउँदा पछिल्ला वर्षमा यो रत्यौली जस्तो बनेको छ,” उनले भनिन् । 

 

नारीका दुःख, सुखका कथा, व्यथा, समाजको जीवन्त चित्रणलाई तीजको गीतमार्फत् प्रस्तुत गरिँदै आएकामा यसको मौलिकता हराउँदै उच्छृङ्खलपूर्ण गायन एवं छायाङ्कनले गम्भीर चिन्ताको विषय बनाएको उनको भनाइ थियो । केही वर्ष अघिदेखि तीजका नाममा महङ्गा गहाना र कपडाको प्रदर्शन गर्ने प्रवृत्ति चुलिएको भए पनि पछिल्ला वर्ष भने त्यसमा नियन्त्रण आएको मितेरी नारी समूहकी अध्यक्ष मीरा पौडेलको धारणा थियो । 

 

महङ्गा गरगहनाको प्रयोग कम हुँदै गए पनि खानपिन र भोजभतेरमा भने अझै नियन्त्रण हुन नसकेको बताउँदै उनले त्यसका लागि प्रत्येक टोल तथा समुदायमा सचेतना अभियान सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याईन् । नेपाली समाजमा विसं ०६६ पछि ०७० सम्म तीजमा महङ्गा गरगहनाको प्रयोग निकै बढेको पाइन्छ । यस समयमा जग्गाको अत्याधिक किनबेचसँगै गरगहनाको प्रयोग त्यही रूपमा बढेको हुनसक्ने महिला विकास समिति, पोखराकी सदस्य सीता भुसालको धारणा थियो । 

 

आर्थिक सम्पन्नताको प्रदर्शनकै लागि महङ्गा गरगहना लगाउने, महङ्गा होटेलमा डेढ महिनाअघिदेखि नै भोज खाने बढ्दो क्रमले विपन्न वर्गमा मनोवैज्ञानिक असर पार्ने उल्लेख गर्दै उनले तीजजस्ता धार्मिक आस्थाका संस्कृति विकृतिमा परिणत भएकाले सामाजिक सङ्घ संस्थाको सहकार्यमा जागरण अभियान थाल्नु अपरिहार्य भएको बताईन् । 

 

मीतेरी नारी समूहकी पूर्वअध्यक्ष पवित्रा जिसीले एकताबद्ध प्रयासबाट सचेतना अभियान अघि बढाउन सके समाजमा हुनेखाने र हुँदा खानेबीचको बढ्दो दूरीलाई कम गर्दै तीज पर्वको मौलिकतालाई जगेर्ना गर्न महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गरिन् । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement