Advertisement
Advertisement
Advertisement
Advertisement

तीजमा स्वस्थ्य र उद्यमी बन्न सन्देश

  |      11:06:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २४, पोखरा ।  हिन्दू महिलाको महान् चाड हरितालिका तीज महँगा होटेलमा दरखाने त्यहीअनुरुप गर गहना एवं कपडाको बढ्दो प्रयोगले भड्किलो बन्दै गएको अवस्थामा यहाँको एक सञ्चारगृहले भने संस्कृतिलाई विकृति नबनाउन प्रेरित गर्दै स्वस्थ्य र उद्यमी बन्न सन्देश दिएको छ । 

 

महिला वर्गको मात्र लगानी, सक्रियता र सञ्चालनमा रहेको रेडियो जननीले निःशुल्क क्यान्सर रोग परीक्षण शिविर, जनचेतना ¥यालीसँगै उद्यमशीलताको विकासलाई तीज पर्वसँग जोडेको हो । ‘आर्थिक समृद्धिका लागि उद्यमशीलतासँगै क्यान्सर सचेतना’ भन्ने मूल नाराका साथ स्थापनाकालदेखि रेडियो सामाजिक सेवामा समर्पित रहँदै आएको प्रवन्धक विमला भण्डारी बताउछिन् । 

 

रेडियोले वर्षभरि आफ्ना प्रचारप्रसारका सामग्रीमा समेत सर्वसाधारणलाई क्यान्सर रोग लाग्नाका कारण, उपचारका एवं आहारविहारका सम्बन्धमा सचेत गराउँदै स्वस्थ बनेर उद्यमशीलताको विकास गर्न महिला वर्गलाई प्रेरितसमेत गर्दै आएको उनको भनाइ छ । ‘जननी तीज विशेष हस्तकला व्यापार मेला’ भन्ने मूल नाराका साथ रेडियोले तीन हजार महिलालाई उद्यमी तालीम प्रदान गरेको जननी रेडियोका संस्थापक अध्यक्ष हीरा भट्टराईले जानकारी दिए । 

 

‘स्वास्थ्य नै धन हो’ भन्ने सन्देश दिने उद्देश्यका साथ आयोजित शिविरमा महिलाको लागि निःशुल्क स्तन क्यान्सर परीक्षण, भिआइए परीक्षण गर्नुका साथै जनचेतना अभिवृद्धिका सामग्री बिक्री तथा प्रदर्शनी गरिएको रेडियोका सल्लाहकार एवं कार्यक्रम संयोजक लक्की कार्कीले जानकारी दिए । 

 

पोखरा महानगरपालिका र जिल्ला समन्वय समितिको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भएको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारले तीजगीत प्रस्तुत गरेर उपस्थित महानुभावलाई मनोरञ्जनसमेत प्रदान गरेका थिए । 

 

नेपालमा दिनप्रतिदिन क्यान्सर रोगका कारण महिला तथा पुरुषको स्वास्थ्य जोखिममा पर्दै गएको वर्तमान अवस्थामा रोगको न्यूनीकरणका साथै विशेष गरी महिलालाई उद्यमी बन्न रेडियोले निरन्तर अभियान सञ्चालन गर्दै आएको अध्यक्ष मिलन थापा बताउछन् । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बरालले नेपालमा जनचेतनाको अभावले दिनप्रतिदिन बढेको क्याम्सर रोगको कारण वार्षिक १७ हजारले ज्यान गुमाउने गरेको उल्लेख गरे । 

 

क्यान्सर रोग लागेको बिरामी अन्तिम अवस्थामा अस्पताल आउने गरेको कारण अपेक्षितरुपमा बचाउन नसकिएको बताउँदै उनले सुर्तीजन्य वस्तुबाट मात्र मुलुकमा ९० प्रतिशत क्यान्सर लाग्ने गरेको तथ्याङक दिए। 

 

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले मुलुकमा भयावह अवस्थामा देखिएको क्यान्सर रोगको न्यूनीकरणका लागि जनचेतना अपरिहार्य रहेको उल्लेख गर्दै त्यसका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताए ।

 

पोखरा र आसपासका क्षेत्रमा पछिल्लो समय तीजपर्वलाई संस्थागत र सामूहिकरुपमा शुभकामना आदानप्रदान र रचनात्मक कार्य गरेर मनाउने प्रचलन बढेकोछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement