web image
साउन ३१ ,काठमाडौं । अफगानिस्तानमा तालिबान पुनः सत्तामा फर्किएको पाँच वर्ष पूरा भएको छ। तर, यो अवधिमा महिलाको अवस्था झन् जटिल बनेको छ। शिक्षा, रोजगारी र सार्वजनिक जीवनमा लगाइएका प्रतिबन्धका कारण उनीहरू आधारभूत अधिकारबाट समेत वञ्चित भइरहेका छन्।
बीबीसीले सार्वजनिक गरेको विशेष रिपोर्टमा विभिन्न क्षेत्रका अफगान महिलाले आफ्नो पीडा सुनाएका छन्। उनीहरूले शिक्षा, रोजगारी र स्वतन्त्रताको अधिकार गुमाउँदा आफ्नो भविष्य अन्योलमा परेको बताएका छन्।
प्रसूति विशेषज्ञ मरियमले महिला चिकित्सकको अभावले गर्भवती महिलाको स्वास्थ्य जोखिममा परेको बताएकी छन्। पूर्वपत्रकार जुहालले जागिरसँगै आफ्नो पहिचान र भविष्यका सपना गुमाएको अनुभव सुनाएकी छन्।
त्यस्तै, कानुन अध्ययन गरिरहेकी नुरीले विश्वविद्यालय बन्द भएपछि आफ्नो पढाइ रोकिएको बताइन्। मनिझाले पक्राउ, कोर्राको सजाय र जेल जीवनको पीडा सुनाइन्।
अफगान महिलाहरूले आफूहरूको मात्र होइन, आगामी पुस्ताको भविष्यसमेत संकटमा परेको भन्दै शिक्षा र स्वतन्त्रताको अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्।
Share this with your friends: