Advertisement
Advertisement
Advertisement
Advertisement

ढाका बुन्दा खुशीको सीमा रहेन

  |      16:08:00   |  
ढाका बुन्दा खुशीको सीमा रहेन
►हिमलाल पराजुली
असार २१,  स्याङ्जा । ठूलो हलमा लहरै राखिएका तान । त्यही तानमा रङ्गीबिरङ्गी धागोसँगै घोतलिएका र कोही तान ठोक्दै गरेका महिलाको दृश्य देख्दा माहोल निकै रमाइलो देखिन्थ्यो । यस  दृश्य थियो वालिङ उद्योग वाणिज्य सङ्घको सिटी हलको ।
 
कोरोना सङ्क्रमणका कारण लामो समयसम्म बन्दाबन्दी हँदा घरभित्र बस्दा उकुसमुकुस बनेका महिला ढाका बुन्ने काममा लागेपछि यतिबेला उनीहरुको अनुहारमा खुशी छाएको छ ।
 
उनीहरु यतिबेला ढाका बुन्ने काममा सक्रिय भएर लागेका छन् । उनीहरुलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र वालिङ नगरपालिका–९ तल्लो वालिङमा रहेको कानुङ आँधीखोला बचत तथा ऋण सहकारी संस्थाले सो अवसर जुटाई दिएको हो ।
 
सो मन्त्रालयअन्तर्गत महिला लघु उद्यम तथा उद्यमशील विकास कार्यक्रमअन्तर्गत व्यावसायिक ढाका बुनाइ सीप विकास तालीमको सञ्चालन भएपछि यतिबेला तालीममा सहभाभी उनीहरु व्यावसायिक रुपमा ढाका बुनेर स्वरोजगार बन्ने योजनामा रहेका छन् ।
 
सो तालीममा सहभागी वालिङ–२ की लीला रानाले घरमा यतिकै बसेर समय कटाउनुभन्दा ढाका बुन्ने काम सिक्न पाएकामा आफूलाई धेरै खुसी लागेको बताउँनुभयो ।  उहाँले भन्नुभयो, “घरमा त्यसै बसेर समय खेर फाल्नुभन्दा अब तालीममा सिकेको कुरालाई घरमा सही सदुपयोग गरेर सक्दो आम्दानीको स्रोत बनाउने योजना बनाएकी छुँ ।” घरको अन्य काम गर्दागर्दै पनि बीचमा मिलेको फुर्सदको समयमा पनि ढाका बुन्ने काम गर्न सकिने भएकाले यो कामबाट घर खर्च चलाउने योजनामा आफू रहेको उहाँ बताउनुहुन्छ ।
 
वालिङ–९ की भगवती रानाले सिकेको सीप आफूमा मात्रै सीमित नराखेर आफ्नो टोलका महिला दिदीबहिनीहरुलाई समेत सिकाउने जानकारी दिनुभयोे । महिला दिदीबहिनीहरु आफ्नो सामान्य खर्चका लागि पनि पुरुषको भर पर्नुपर्ने अवस्थाबाट मुक्ति पाउनका लागि ढाका बुन्ने कार्य घरमै बसेर आयआर्जन गर्न सक्ने एउटा माध्यम भएकाले तालीम सकिएपछि आफू त्यस कार्यमा लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको त्रासले घरमै बसेर के गर्ने भन्ने अन्योलमा परेका बेला ढाका बुनाइ तालीममा सहभागी भएर सिक्न पाएकामा निकै खुसी छँु, यसलाई घरमा पनि निरन्तरता दिएर आयआर्जनको स्रोत बनाउँछु ।”
 
कानुङ आँधीखोला बचत तथा ऋण सहकारीका अध्यक्ष उमेश दर्लामीले मन्त्रालयको सहयोगमा सहकारीले तीनमहिने ढाका बुनाइ तालीम सञ्चालन गरेको जनाउनुभयो । उहाँले भन्नुभयो, “हामीले महिला दिदीबहिनीहरुलाई कसरी उद्यमशील बनाउन सकिन्छ भनेर सोचिरहेका थियाँ, महिलालाई घरको काम सकेर फुर्सदको समयमा एक्लै पनि ढाका बुन्ने काम गर्न सकिने लागेर ढाका बुनाइ तालीम सञ्चालन गरेका हाँै ।”
 
तालीममा प्रशिक्षकका रुपमा रहनुभएकी रुपा रानाले सहभागीहरु ढाका बुनाइतर्फ निकै आकर्षित भएको र उत्साहपूर्वक सिक्ने गरेको बताउनुभयो । उहाँले सुरुसुरुमा तान लगाउने काममा दुःख भए पनि तान लगाइसकेपछि तालीममा सहभागीहरुले उत्साहाका साथ सिक्ने गरेको जानकारी दिनुभयो । अर्का प्रशिक्षक मीनुकुमारी रानाले अहिले सल र खादा बनाउन सिकाइएको जानकारी दिनुभयो । ढाका बुनाइलाई घरमै बसेर सहज रुपमा घरको कामधन्दा सकेर फुर्सदको समयमा काम गरेर पनि राम्रो आम्दानी लिन सकिने बताउनुभयो ।
 
सबै वडामा पत्राचार गरेर वडाले छनोट गरी पठाएका १५ महिला तालीममा सहभागी भएको र सामाजिक दूरी कायम राखेर बिहान र दिउँसो गरी दुई चरणमा तालीम सञ्चालन गरेको सो सहकारी संस्थाका अध्यक्ष उमेश दर्लामीले जानकारी दिनुभयो । 
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement