Advertisement
Advertisement
Advertisement
Advertisement

डोपामाइन हर्मोनको स्तर घट्दा कस्तो स्वास्थ्य समस्या हुन्छ ?

  |      16:41:00   |  
डोपामाइन हर्मोनको स्तर घट्दा कस्तो स्वास्थ्य समस्या हुन्छ ?

 पुस १४, काठमाडौं। हिजोआज मानिसहरू शारीरिक र मानसिक दुवै स्वास्थ्यप्रति सचेत भइरहेका छन् । त्यही कारण मानसिक स्वास्थ्यबारे पनि खुलेर कुरा गर्न थालेका छन् । मानसिक स्वास्थ्यको कुरा आउँदा डोपामाइनबारे कतै न कतै सुनेकै हुनुपर्छ ।
मानिसको मस्तिष्कलाई सकारात्मक कुरा सोच्न र खुसी हुन प्रेरित गर्ने हर्मोन हो डोपामाइन । यो मस्तिष्कमा रहेको हर्मोन हो, जसले न्युरोट्रान्समिटरको रूपमा काम गर्छ । यसले हाम्रो मस्तिष्कलाई धेरै काम गर्न मद्दत गर्छ ।
 डोपामाइनले स्मरण, ध्यान, मुड, प्रेरणा र अन्य धेरै कार्यमा मद्दत गर्छ । त्यसैले शरीरमा पर्याप्त मात्रामा डोपामाइन हुनु जरुरी छ । यो हर्मोनको कमीले मानिसलाई मस्तिष्कसँग सम्बन्धित कुनै पनि समस्या हुने खतरा बढाउँछ ।

 

कसरी उत्पादन हुन्छ डोपामाइन ?
मानव मस्तिष्कमा ‘हाइपोथलामस’ भन्ने ग्रन्थी हुन्छ, जुन हाम्रो भावनासँग जोडिएको हुन्छ । हामीले आफूलाई मनपर्ने मान्छेलाई भेट्यौं, आफूलाई मनपर्ने सङ्गीत सुन्यौं भने त्यसले हाइपोथलामस ग्रन्थीलाई प्रभावित पार्छ । त्यहाँ डोपामाइन हार्मोन उत्पादन गर्छ र हामीलाई खुसी बनाउँछ ।

डोपामाइन कम हुने कारण

डोपामाइनको कमी हुनुमा धेरै कारण हुन सक्छन् । यदि कसैको मस्तिष्कको भागमा चोट लागेको छ, जहाँ डोपामाइन उत्पादन हुन्छ, यसको स्तर कम हुनसक्छ । त्यसैगरी यदि शरीरले डोपामाइनलाई राम्रोसँग प्रतिक्रिया दिंदैन भने यसले अनिद्रा निम्त्याउन सक्छ । धेरै पटक डोपामिनको कमीसँग सम्बन्धित समस्या स्वास्थ्य अवस्थाका कारण पनि देखा पर्छन् । यसमा पार्किन्सन रोग जस्ता रोगहरू समावेश हुन्छन् ।
डोपामाइनको कमीले देखिने लक्षण

डोपामाइन मस्तिष्कको महत्त्वपूर्ण रासायनिक सन्देशबाहक हो, जसले धेरै कार्य गर्छ । यसको कमीले मांसपेशी दुख्ने, कब्जियत हुने, बिस्तारै काम गर्ने, खान र निल्नमा समस्या, बोल्नमा समस्या, सिधा उभिन गाह्रो हुने लगायत लक्षण देखा पर्छ ।

डोपामाइनको कमीले निम्तिने अन्य समस्या 

आक्रामक हुने

डोपामाइनले शान्त रहन मद्दत गर्छ र दबाबमा पनि रिसलाई नियन्त्रण गर्न सहयोग गर्छ । तर कम डोपामाइन भएका व्यक्ति सजिलै रिसाउने, उत्तेजित हुने वा आक्रामक हुन्छन् ।

प्रेरणाको कमी

कुनै पनि काम राम्रो र खुसीसाथ गर्न प्रेरणा चाहिन्छ । हरेक काममा निराश भइरहनुभएको छ, कुनै काम गर्न वा हिंड्डुल गर्न मन लाग्दैन भने यो डोपामाइनको कमीको कारण हुनसक्छ ।

शान्त भएर बस्न नसक्ने

यदि कसैलाई हरेक काम बोरिङ लाग्छ । काम गर्नै मन लाग्दैन, दिमाग काम भन्दा पनि अन्य कुरामा रमाउन चाहन्छ भने यो डोपामाइनको कमीले हुनसक्छ । यस्तो अवस्थामा मानिसहरू शान्त भएर बस्न सक्दैनन् ।

ध्यान केन्द्रित गर्न समस्या

यदि कुनै पनि काम वा चीजमा ध्यान केन्द्रित भइरहेको छैन भने डोपामिनको कमीका कारण यस्तो समस्या भइरहेको हुनसक्छ । यस्तो अवस्थामा शरीरमा डोपामाइन हर्मोनको मात्रा सन्तुलनमा राख्नु धेरै महत्त्वपूर्ण हुन्छ ।

डोपामाइनको मात्रा बढाउन के गर्ने ?

प्राकृतिक रूपमा शरीरमा डोपामाइनको मात्रा बढाउने हो भने आहारमा केही महत्त्वपूर्ण परिवर्तन ल्याउनुपर्ने हुन्छ । बदाम, फलफूल, तरकारी, दूध तथा दुग्धजन्य पदार्थ, चकलेट, माछा मासु र कफी जस्ता चीज उपभोग गर्न सकिन्छ । दिमागलाई शान्त गरेर, नियमित व्यायाम गरेर र निद्रा तालिका सुधार गरेर डोपामाइन हार्मोनहरू पनि बढाउन सकिन्छ ।

शरीरमा डोपामाइनको सही मात्रा हुनु धेरै महत्त्वपूर्ण हुन्छ । यसरी दिमागसँग सम्बन्धित धेरै साना-ठूला समस्याबाट आफूलाई बचाउन सकिन्छ । यो हर्मोनले मानसिक स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement