Advertisement
Advertisement
Advertisement
Advertisement

टुहुरा सात बालबालिकालाई सहयोग जुट्दै

  |      19:13:00   |  
वेब तस्विर
वेब तस्विर

असोज ११, खोटाङ । बुबाआमा गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात बालबालिकालाई सहयोग गर्ने हातहरु थपिएका छन् । 
 

गत साउन १८ गते बुबा चन्द्र किरातको करेन्ट लागेर र विसं २०७३ भदौ १९ गते आमा टलकुमारी राईको गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रूटीका कारण मृत्यु भएपछि उनीहरूका पाँच छोरी र दुई छोराको बिचल्ली भएको हो । 

 

सात बालबच्चामध्ये १७ वर्षीया जेठी छोरी बुङातुङ (कक्षा–१२), माइली १४ वर्षीया रिमाबुङ (कक्षा–१०), साइली १२ वर्षीया माहुरबुङ (कक्षा–८), काइली दश वर्षीया इलाबुङ (कक्षा–६), गरी चार बालिका बुलापन्थे माविमा अध्ययनरत छन् । यस्तै, आठ वर्षीय जेठो छोरा नाम्साङहाङ (कक्षा–४), छ वर्षीया निवाबुङ (कक्षा–१) र चार वर्षीय कान्छा छोरा तिम्सुङहाङ स्थानीय पारुहाङ प्राविको ९बालकक्षा०मा अध्ययनरत छन् । 

 

दुई वर्षको अवधिमा बुबाआमा दुवै गुमाएपछि सात बालबालिकाको पालनपोषण तथा शिक्षादिक्षामा समस्या परेको स्थानीयले बताएका छन् । सानै उमेरमा बुबाआमा गुमाएका बालबालिका अहिले आफन्तको शरणमा रहेर अध्ययन गरिरहेका छन् । 

 

अभिभावकबिहीन बालबालिकाका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले असोज महिनाको पारिश्रमिकबाट रु २० हजार रकम प्रदान गर्ने घोषणा गर्नुभयो । तत्कालीन नेकपा ९माओवादी केन्द्र०का जिल्ला सचिवालय सदस्य किरातको स्मृतिमा यही असोज ४ गते आयोजना गरिएको कार्यक्रममा प्रमुख चाम्लिङले एक बच्चाको अभिभावकत्व पनि ग्रहण गर्ने घोषणा गर्नुभएको छ । 
 

आफन्तको इच्छाअनुसार सात बालबालिकामध्ये एकको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेको प्रमुख चाम्लिङले बताउनुभएको छ । 

 

बुबाआमा दुवै गुमाएपछि बिचल्लीमा परेका बालबालिकाको पालनपोषण तथा पठनपाठनमा सघाउ पु¥याउन समाजसेवी खडेन्द्र राईको अध्यक्षतामा ११ सदस्यीय सहयोग समिति गठन गरिएको छ । ‘स्व चन्द्र किरात तथा टलकुमारी राई परिवार सहयोग समिति’ नाम दिइएको समितिले रसिद छपाएर आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरेको कोषाध्यक्ष गणेश कार्कीले बताउनुभयो । 

 

आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगर कमिटीले आयोजना गरेको स्मृति दिवसमा सङ्कलन भएको रकम प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले प्रदान गर्नुभएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement