काठमाडौं। नेपाली पौडीवाज टिसा शाक्यले हंगेरीको बुढापेस्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।
टिसाले १०० मिटर ब्रेस्ट स्ट्रोकमा १ मिनेट २६:१३ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाए। उनले गौरिका सिंहको नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरेको पौडी संघले जनाएको छ।
उक्त दूरीमा गौरिकाले सन् २०१५ मा काठमाडौंमा सम्पन्न २० औं राष्ट्रिय खुला पौडीमा १ मिनेट २६:७२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। अघिल्लो दिन सुभम श्रेष्ठले १०० मिटर ब्रेस्टस्ट्रोक र अनुभव सुब्बाले ५० मिटर बटरफ्लाईमा कीर्तिमान बनाएका थिए।