पुस ६, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित जरङ्खुमा झारफुकको नाममा बिरामी महिलालाई तातो तेल खन्याएर पन्युले डामेको आरोपमा प्रहरीले काठमाडौंबाट थप ४ जनालाई पक्राउ गरेको छ । झारफुकको नाममा आफूलाई माता बताउने १९ वर्षीया सचिता मगरले बिरामीलाई यातना दिएकी हुन् ।
माता उर्फ सचिता र उनका सहयोगीले तातो तेल शरीरमा खन्याएर पन्युले डाम्दा भोजपुर घर भएकी ३६ वर्षीया सविता राई ‘रुपा’ घाइते भएकी छिन् । पुस ४ मा प्रहरीले सचिता मगरलाई पक्राउ गरेको थियो । घटनामा संलग्न थप ४ जना लाई पक्राउ पर्नेमा उदयपुर घर भएका २६ वर्षीय पदम बहादुर मगर, २६ वर्षीय संगम राई, १८ वर्षका सागर मगर र चितवन घर भएका १८ वर्षीय अजित तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । चार जना आरोपीहरु झारफुक गर्ने महिलाका सहयोगी हुन् ।
आरोपीहरु विरुद्ध कुटपिट वा अंगभंग सम्बन्धी कसुरमा अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
वैशाख २३,काठमाडौं । मोरङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। केराबारी गाउँपालिका-९...
वैशाख १६ काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी...
वैशाख १५ काठमाडौं । स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं। पहिलो घटना...
३ वैशाख काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८...
चैत २६ काठमाडौं । दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई...
चैत २५ काठमाडौं । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस...
चैत २२ काठमाडौं । झापामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी ग...
चैत २२ काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको...
चैत २१ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक...