कात्तिक २४, काठमाडौं। पानी पिउने करूवा प्रहार गर्दा झापामा बिहीबार बिहान एक जना भारतीय महिलाको घटनास्थलमै मृत्यु भएको छ।
बुद्धशान्ति गाउँपालिका वडा(१ बुधबारे बजारमा डेरा गरी बस्दै आएकी भारतको महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएकी २६ वर्षीया सपना गोरडको उनकै श्रीमानले करूवा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनीहरूको स्थानीय बुधबारे बजारमा सुन चाँदीका गरगहनाको पसल गर्दै आएका थिए।
श्रीमान-श्रीमती बीचको सामान्य विवाद बढेर उग्ररूप लिएपछि आक्रोशित भएका श्रीमान ३२ वर्षीय रघुनाथ गोरडले पानी पिउन प्रयोग गरिने करूवा प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीले हत्या आरोपमा मृतकको श्रीमान रघुनाथलाई आज बिहान नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुसन्धान सुरू गरेको बताएको छ।
वैशाख २३,काठमाडौं । मोरङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। केराबारी गाउँपालिका-९...
वैशाख १६ काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी...
वैशाख १५ काठमाडौं । स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं। पहिलो घटना...
३ वैशाख काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८...
चैत २६ काठमाडौं । दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई...
चैत २५ काठमाडौं । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस...
चैत २२ काठमाडौं । झापामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी ग...
चैत २२ काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको...
चैत २१ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक...