Advertisement
Advertisement
Advertisement
Advertisement

जुम्लामा स्याउ लटरम्मै

  |      14:50:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र ११, जुम्ला ।  चालू आर्थिक वर्ष २०७५/७६ मा जुम्लामा रु २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ ।

 

स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाण्मा स्याउ उत्पादन भएको प्रक्षेपण गरिएको हो । 

 

यस वर्ष जुम्लामा ६ हजार मेट्रिक टनसम्म स्याउ उत्पादन भएकोे जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले जानकारी दिए । तीन हजार ४०० हेक्टरमा स्याउ लगाइएको थियो । प्रतिकिलो रु ४० मा स्याउ बिक्री भएको उनले बताए ।

 

चन्दननाथ कृषि विकास शाखाका प्राविधिक सहायक धर्मराज आचार्यले प्रतिव्यक्तिले तीनदेखि १० मेट्रिक टनसम्म स्याउ बिक्री गरेको बताए । अहिलेसम्म झण्डै ५०० क्विन्टल स्याउ बिक्रीका लागि सुर्खेत र नेपालगञ्ज ल्याइएको छ । व्यापारीलाई ढुवानी अनुदानअन्तर्गत १० देखि १५ किलोका दुई हजार ५०० कार्टुन बाँडिएको आचार्यले बताए। कृषकले सामान्यतः बजारमा प्रतिकिलो रु ५० मा स्याउ बिक्री गरेको जुम्ला उद्योग बाणिज्य सङघका अध्यक्ष रामदत्त रावलले बताए । 

 

जुम्लाका किसान स्याउ टिप्न थालेका छन् । बगैँचचाबाट स्याउ टिप्ने, एकै ठाउँमा भण्डारण गर्ने, ग्रेडिङ, प्याकेजिङ्सहित कार्टुन तयारी गर्न उनीहरुलाई भ्याईनभ्याई छ । व्यापारी स्याउ किन्न बगैँचामा नै पुग्न थालेपछि पछि किसानलाई बिक्री गर्न समस्या छैन । स्याउ बोकेर बजार लैजाने झञ्जट हटेको छ । बगैँचामा प्रतिकिलो रु ५५ देखि रु ६० सम्ममा स्याउ बिक्री गर्दै आएको तिला गाउँपालिका–३, लुम्सेराका मनकोइला हमालले बताए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement