- एलपी देवकोटा, जुम्ला
काठमाडौं। स्थानीय तह निर्वाचनका लागि जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटनपटनको काम सम्पन्न गरेको छ । जम्मा ८७ वटा मतदान केन्द्र रहेको जुम्लामा चारवटा मतदान केन्द्रमा महिला कर्मचारीहरुलाई मतदान सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको सदरमुकाममा रहेको चन्दननाथ नगरपालिकाभित्रका तीनवटा र पातारासी गाउँपालिकाको एउटा मतदान केन्द्रमा सबै महिला कर्मचारीहरु खटाएको छ । चन्दननाथको जनता मावि महतगाउँ (क) र (ख), चन्दननाथ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र र पातारासी केन्द्रमा पुरै महिला कर्मचारीहरुलाई मतदान सम्पन्न गर्ने जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए । ‘निर्वाचनका लागि चन्दननाथ नगरपालिका भित्र खटाइएका जम्मा ९० जना कर्मचारीहरुमध्ये ५० प्रतिशत महिला कर्मचारीहरु रहेका छन’उनले भने, ‘महिला मतदान अधिकृतले जिम्मेवारी पाएका सबै कन्द्रहरुमा अन्य कर्मचारी पनि महिलानै छन्’।
जनता मावि महतगाउँ (क)मा जमुना मिश्र, महतगाउँ (ख) गोमा प्रसाईं, चन्दननाथमा माध्यमिक विद्यालयमा डम्मरकुमारी रोकाया र पातरासी मतदान केन्द्रमा विन्दु कुँवरलाई मतदान अधिकृतको रुपमा खटाइएको छ ।
निर्वाचन सुरक्षाका लागि पन्ध्र सय सुरक्षाकर्मी थप
यही वैशाख ३१ ग्ते हुने स्थानीय तह निर्वाचनका लागि कर्णालीमा सुरक्षा व्यवस्था कडाइ गर्न एक हजार पाँच सय सुरक्षाकर्मी थप गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव)को अखडा मानिएको कर्णालीमा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयसँग समन्वय गरी अञ्चल प्रहरी कार्यालय कर्णाली जुम्लाले सुरक्षाकर्मी थप गरेको हो ।
सबैभन्दा धेरै कालिकोटमा सुरक्षाकर्मी थपिएको अञ्चल प्रहरी कार्यालय कर्णाली जुम्लाका प्रमुख एसएसपी सुरेश केसीले बताए । पाँच सय ५० कालिकोटमा, दुईसय ५० जुम्लामा, दुईसय बढी मुगुमा, करिब दुईसय डोल्पामा र डेढसय भन्दा बढी हुम्लामा सुरक्षाकर्मी थप गरिएको उनले बताए । निर्वाचनको समयमा नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० पक्षधरबाट निर्वाचन विथोल्ने गतिविधि हुन नदिनका लागि सुरक्षा व्यवस्था कडाइ पारिएको अञ्चल प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, कर्णालीमा निर्वाचनको माहोल शान्तिपूर्ण हुन नसक्ने उच्च जोखिममा कालिकोट रहेकोले त्यहाँ सुरक्षाकर्मी धेरै खटाइएको छ । जुम्लाको हाडसिंजा र गुठीचौर गाउँपालिका पनि उच्च जोखिममा रहेको एसएसपी केसीले बताए । यो खबर आजको कान्तिपुरमा छापिएको छ।
बैशाख ३०, काठमाडौं । कर्णालीमा पहिलो पटक सञ्चालन गरिएको ‘कर्णाली छोरी सम्मेलन-०८२’ १०...
एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व लक्षित अफर योजना सार्वजनिक गरेको...
असोज २८, काठमाडौं । ह्याकर र साइबर फ्रडहरुले मानिसहरुलाई फसाउन धेरै तरिकामा जालहरु...
असोज २८, काठमाडौं । नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा...
असोज २८, काठमाडौं । नेपाली हिन्दूहरुको महान चाड बडादशैंलाई लक्षित गरी गरिमा विकास बैंक...
असोज २८, काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना...
असोज २६,काठमाडौं । ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा टिकटक प्रतियोगिता सञ्चालन गर्ने भएको छ...
असोज २६, काठमाडौं । नबिल बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा...
असोज २५, काठमाडौं । इजरायलबाट स्वदेश फर्कने चाहने २५० जना विद्यार्थी आज नेपाल आउँदैछन्।...